
काठमाडौँ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता मनिष झाले पार्टीको प्रथम महाधिवेशनमा भएको व्यवस्थापकीय कमजोरी र ढिलाइप्रति लज्जाबोध भएको बताएका छन्। बिहीबार चितवनमा आयोजित महाधिवेशनको पहिलो चरणको मतदानबारे जानकारी दिँदै उनले यस्तो स्वीकारोक्ति गरेका हुन्।प्रवक्ता झाले मतदान प्रक्रियामा भएको ढिलाइका बाबजुद धैर्यतापूर्वक सहभागी भएका प्रतिनिधिहरूप्रति आभार व्यक्त गरे। "व्यवस्थापकीय कमजोरी र...