कांग्रेस सभापति गगन थापाको घर अगाडि पनि शंकास्पद गाडी पार्किङ

Author

सजिलो पत्रिका

२०८३ असार २९, सोमबार

16
Share
Featured
  • नेपाली कांग्रेसका सभापतिको निवास र तीन प्रमुख सञ्चारगृहको गेटअगाडि शंकास्पद रूपमा गाडी पार्किङ गरिएको भेटियो।
  • रातोपुलस्थित थापाको निवासअगाडि गाडीले बाटो नै अवरुद्ध बनाएको स्थानीयले बताएका छन्।
  • प्रहरीले मिडिया हाउसअगाडिका गाडी हटाइसकेको र घटना नियोजित हो वा संयोग भन्नेबारे अनुसन्धान गरिरहेको जनाएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौं ।  सोमबार राजधानीका विभिन्न संवेदनशील स्थानहरूमा शंकास्पद रूपमा गाडीहरू पार्किङ गरिएको भेटिएको छ। नेपाली काँग्रेसका सभापति गगन थापाको रातोपुलस्थित निवास र तीनवटा ठूला मिडिया हाउसको गेट अगाडि यस्ता गाडीहरू राखिएका हुन्।

सभापति थापाको निवास अगाडि बिहान ७ बजेदेखि बीएसी ९५७५ नम्बरको गाडी शंकास्पद रूपमा पार्किङ गरिएको थियो। स्थानीयका अनुसार उक्त गाडीले बाटो नै थुनेर मोटरसाइकल समेत निस्कन नमिल्ने गरी राखिएको थियो।

यसैगरी, सोमबार नै कान्तिपुर मिडिया ग्रुप, अनलाइन खबर र हिमालयन टेलिभिजनको कार्यालय अगाडि पनि शंकास्पद गाडीहरू फेला परेका थिए। मिडिया हाउस अगाडि राखिएका गाडीहरूलाई प्रहरीले हटाइसकेको छ। यी घटनाहरू नियोजित हुन् वा संयोग मात्रै भन्नेबारे प्रहरीले गम्भीरताका साथ अनुसन्धान गरिरहेको जनाएको छ।

यो समाचारमा

नेपाली काँग्रेसगगन थापा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    सहरी क्षेत्रको डुबान रोक्न व्यास नगरपालिकाले फोहर पानी प्रशोधन केन्द्रसहितको गुरुयोजना बनाउने

    तनहुँ । व्यास नगरपालिकाले पूर्वाधार विकासलाई उच्च प्राथमिकतामा राख्दै सडक स्तरोन्नति, ढल व्यवस्थापन, विद्युतीकरण, सिँचाइ तथा नदी नियन्त्रणका कार्यक्रम अघि सारेको छ ।नगरप्रमुख वैकुण्ठ न्यौपानेले नगरभित्रका सडकलाई वर्षभरि नै सञ्चालनयोग्य बनाउने तथा योजनाबद्ध रूपमा स्तरोन्नति गर्ने नीति लिइएको जानकारी दिए । उनका अनुसार नगरभित्रका सडकको लगत कट्टा गर्दै आवश्यक सडकलाई

    Data is loading...

    Loading brands...

    Loading footer...