अबको संसद्ः घण्टीको बहुमत, पुराना दलहरूको अस्तित्वको लडाइँ

Author

प्रियंका दुतराज

२०८२ चैत ०१, आइतबार

144
Share
Featured

काठमाडौँ

२०८२ साल फागुण २१ गते सम्पन्न भएको प्रतिनिधि सभा निर्वाचनको अन्तिम परिणामले नेपालको राजनीतिमा एउटा अभूतपूर्व रुपमा  ऐतिहासिक मोड ल्याइपुर्याएको छ । दशकौँदेखि नेपाली राजनीतिमा राज गर्दै आएका पुराना दुई ठूला दल—नेपाल कम्युनिष्ट पार्टी (एमाले)नेपाली काँग्रेस—भित्र यस निर्वाचनले गम्भीर राजनीतिक पराकम्प पैदा गरिदिएको छ । एकातिर पुराना किल्लाहरू भत्किएका छन्,भने अर्कोतिर नयाँ दलको रुपमा स्थापीत पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)  निर्णायक शक्तिका रूपमा उदाएको छ ।

यो निर्वाचन नेकपा एमालेका लागि इतिहासकै सबैभन्दा कमजोर सावित भएको छ । २०७९ सालको निर्वाचनमा ७८ सिटसहित संसद्को दोस्रो ठूलो दल बनेको एमाले यसपटक प्रत्यक्षतर्फ मात्र ९ सिटमा खुम्चिएको छ । समानुपातिकतर्फको १६ सिट जोड्दा पनि एमाले २५ सिटसहित तेस्रो स्थानमा झरेको छ ।

एमाले अध्यक्ष खड्गप्रसाद शर्मा ओलीसहितका शीर्ष नेताहरूको लज्जास्पद पराजयले पार्टीभित्र ठूलो विद्रोहको बीउ रोपेको छ । महाधिवेशनमा महासचिवमा पराजित सुरेन्द्र पाण्डे, सचिव योगेश भट्टराई र केन्द्रीय सदस्य प्रदीप ज्ञवालीले सार्वजनिक रूपमै नेतृत्व फेरबदलको विषय उठाएका छन् । उपमहासचिव योगेश भट्टराईले सामाजिक सञ्जालमार्फत जनमतलाई सम्मान गर्दै ‘सर्वांगीण रूपान्तरण’ मार्फत जनसमर्थन फिर्ता ल्याउनुपर्ने बताएका छन् । उनले नीतिगत त्रुटि र तहगत नेतृत्वको कमजोरीको जिम्मेवारी सबैले लिनुपर्ने उल्लेख गरेका छन् ।

ओलीको अडानः राजीनामा कि शक्ति प्रदर्शन?

पार्टीभित्र राजीनामाको माग उठिरहे पनि अध्यक्ष ओली भने हल्लिने अवस्थामा देखिँदैनन् । उनी कुनै पनि हालतमा राजीनामा नदिने अडानमा छन् । ३०१ सदस्यीय केन्द्रीय कमिटीमा अझै पनि २४० भन्दा बढी सदस्य आफ्नो पक्षमा रहेको बुझाइमा रहेका ओलीले केन्द्रीय कमिटीको बैठक डाकेर हारको समीक्षा गर्ने र आफ्नो नेतृत्वलाई पुनः अनुमोदन गराउने तयारी गरेका छन् । यद्यपि, असन्तुष्ट समूहले भने निर्वाचनले पार्टीको नीति र नेतृत्व दुवैलाई जनताले अस्वीकृत गरिसकेको दाबी गर्दै आएको छ ।


ओलीले सार्वजनिक रूपमा हार स्वीकार गर्दै ‘अपेक्षित परिणाम प्राप्त नभएको’ बताएका छन् । उनले लोकतन्त्रमा जनताको फैसला अन्तिम हुने भन्दै त्यसलाई सम्मान गर्ने प्रतिबद्धता जनाएका छन् । 

त्यस्तै नेपाली काँग्रेसको अवस्था पनि एमालेको भन्दा फरक छैन। युवा नेता गगन थापाको नेतृत्वमा चुनावी मैदानमा होमिएको कांग्रेसले व्यहोर्नुपरेको हारले पार्टीभित्र राजीनामाको बहसलाई तीव्र बनाएको छ । हिजोका दिनमा अरूको राजीनामा माग्ने गगन थापा आज आफैँ रक्षात्मक अवस्थामा पुगेका छन् । कांग्रेसभित्रको यो पराजयले पुराना दलहरूको भविष्यमाथि नै गम्भीर प्रश्न खडा गरिदिएको छ ।

रास्वपाको ’क्लिन स्वीप’, नयाँ युगको सुरुवात 

पुराना दलहरू संकटमा परिरहँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भने चुनावी मैदानमा चमत्कारिक नतिजा निकालेको छ । प्रत्यक्षतर्फ १२५ सिट जितेर सबैभन्दा ठूलो दल बनेको रास्वपाले समानुपातिकतर्फ पनि ५७ सिट सुरक्षित गरेको छ । रास्वपा सचिवालयले टुङ्गो लगाएको समानुपातिक सूचीले समावेशी प्रतिनिधित्वको नयाँ मानक स्थापित गरेको छ ।

प्रवक्ता मनिष झाका अनुसार ५७ समानुपातिक सिटमध्ये ४८ महिला र ९ पुरुष रहेका छन्। जातीय क्लस्टरअनुसार खसआर्य १७, आदिवासी–जनजाति १६, मधेशी ९, दलित ८, थारु ४ र मुस्लिम ३ जनाको नाम निर्वाचन आयोगमा बुझाउने तयारी गरिएको छ। यो सूचीले रास्वपा केवल ’स्टन्ट’ मा मात्र नभई समावेशी लोकतन्त्र र उत्पीडित समुदायको अधिकारप्रति पनि प्रतिबद्ध रहेको सन्देश दिएको छ ।


राजनीतिक विश्लेषकहरूका अनुसार २०८२ को यो निर्वाचन परिणाम केवल हार र जितको तथ्याङ्क मात्र होइन, यो त पुराना दलहरूको कार्यशैलीप्रति जनताले दिएको कडा सजाय र नयाँ शक्तिप्रतिको भरोसा हो । रास्वपाको उदयले नेपालको आगामी राजनीतिक समीकरणमा आमूल परिवर्तन ल्याउने निश्चित छ । अब पुराना दलहरूले जनविश्वास फिर्ता ल्याउन केवल भाषणमा मात्र होइन, नीति र नेतृत्वमा पनि आमूल परिवर्तन (सर्वाङ्गीण रूपान्तरण) गर्नुपर्ने चुनौती खडा भएको छ । नेपालको राजनीति अब ’इतिहासको ब्याज’ बाट होइन, ’भविष्यको एजेन्डा’ बाट निर्देशित हुने सङ्केत यो निर्वाचनले दिएको छ ।

यो समाचारमा

नेपाली काँग्रेससुरेन्द्र पाण्डेप्रतिनिधि सभायोगेश भट्टराई
नेपाल कम्युनिष्ट पार्टी (एमाले)8 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    आज पनि स-साना नदीमा आकस्मिक बाढीको उच्च जोखिम

    काठमाडौं । जल तथा मौसम विज्ञान विभागले देशका विभिन्न जिल्लाका स–साना नदीमा आज बहाव उल्लेख्य बढ्न सक्ने भएकाले आसपासका नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । विभागका अनुसार गोरखा, रुपन्देही, अर्घाखाँची, कपिलवस्तु र दाङ जिल्लाबाट बग्ने स–साना नदीमा आकस्मिक बाढीको उच्च जोखिम रहेको छ । त्यस्तै, झापा, मोरङ, इलाम, सुनसरी,

    Data is loading...

    Loading brands...

    Loading footer...