पाहुनालाई 'भ्रष्टाचारी र आतङ्ककारी' भन्ने सांसद सुनारको टिप्पणी गलत - रास्वपा प्रवक्ता

Author

सजिलो पत्रिका

२०८३ असार ०९, मङ्गलबार

5
Share
Featured
  • रास्वपा प्रवक्ता मनिष झा ले सांसद खगेन्द्र सुनारको महाधिवेशनमा दिएको टिप्पणीलाई ‘गलत र अमर्यादित’ भनेका छन्।
  • सुनारले अतिथिलाई ‘भ्रष्टाचारी र आतङ्ककारी’ भन्दै दिएको अभिव्यक्तिप्रति पार्टीभित्र र बाहिर आलोचना बढेको छ।
  • प्रवक्ता झाले अतिथिलाई सम्मान गर्नुपर्ने र यस्तो विषयमा टिप्पणीको मूल्याङ्कन पार्टीको नयाँ केन्द्रीय समितिले गर्ने बताएका छन्।
समाचार सारांशGenerated using AI.

 काठमाडौँ। 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीको पहिलो महाधिवेशनको उद्घाटन समारोहमा निम्त्याइएका पाहुनाबारे सांसद खगेन्द्र सुनारले गरेका टिप्पणी गलत भएको जनाएको छ ।  पत्रकारहरुलाई प्रतिक्रिया दिँदै प्रवक्ता मनिष झाले सुनारले अमर्यादित टिप्पणी गरेको बताए । उलले भने–‘आफैँले बोलाएको पाहुनालाई गैर राजनीतिक टिप्पणी गर्न हुँदैन । त्यो गलत हो ।’

पाहुनालाई बोलाइसकेपछि कम्तीमा सर्टेन दायरामा सम्मान व्यक्त गर्नुपर्ने भन्दै झाले भने–‘राजनीतिक टिका टिप्पणी गर्ने मूल्यांकन गर्ने ठाउँहरू निश्चित हुन्छन् । हामीले बोलाएर आउनु भएपछि उहाँहरू अतिथि हो । घरमै बोलाएर टिप्पणी गर्नु गलत हो ।’

‘छुद्र’ टिप्पणी गर्ने सांसद सुनारमाथिको कारबाहीबारे महाधिवेशनले चयन गर्ने नयाँ समितिले निर्णय गर्ने झाले बताए ।

सांसद सुनारले पार्टीको उद्घाटन समारोहमा आएका अन्य दलका प्रतिनिधिलाई हाक्काहाक्की भ्रष्टाचारी र आतङ्ककारी भनेका थिए ।

उनले भनेका थिए–‘रवि दाइले हिजो चाहिँ उहाँहरुलाई बोलाएर स्टेजमा किन राखेको भने अन्तिम पटक भ्रष्टाचारी, आतङ्ककारीहरुको अनुहार कार्यकर्ता साथीभाइले हेरुन्, यिनीहरुलाई अब तह लगाउनु पर्ने यति बाँकी छन् भनेर चाहिँ उहाँले देखाइदिनु भएको हो ।’

रास्वपाका नेता–कार्यकर्तालाई सम्झाउन जरुरी नभएको भन्दै उनले बिरामीले आएर डाक्टरलाई सल्लाह दिन जरुरी नभएको बताएका थिए । उनले भनेका थिए–‘रवि लामिछाने, बालेन शाह, डा. स्वर्णिम वाग्लेजस्ता डाक्टरहरुलाई विरामीले सल्लाह दिनु पर्दैन । विरामीलाई डाक्टरले सल्लाह दिने हो ।’

यो समाचारमा

राष्ट्रिय स्वतन्त्र पार्टीमनिष झाखगेन्द्र सुनारकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    रास्वपा सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित भएको केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले जानकारी दिएका छन् ।बन्द सत्र हल बाहिर सञ्चारकर्मीसँग कुरा गर्दै केसीले प्रधानमन्त्रीसमेत रहेका वरिष्ठ नेता बालेन शाहको प्रस्ताव र ५१ जना केन्द्रीय समिति सदस्य, सांसद तथा सचिवालय सदस्यको समर्थनमा लामिछाने निर्विरोध

    Data is loading...

    Loading brands...

    Loading footer...