नयाँ सरकार बन्न १० दिन लाग्छ, समानुपातिक सूची आजै बुझाइने- मनिष झा

Author

सजिलो पत्रिका

२०८२ चैत ०१, आइतबार

22
Share
Featured
  • रास्वपा प्रवक्ता मनिष झाले नयाँ सरकार गठन हुन अझै करिब १० दिन लाग्न सक्ने बताएका छन्।
  • रास्वपाले समानुपातिक सांसदहरूको अन्तिम नामावली आजै निर्वाचन आयोगमा बुझाउने तयारी गरेको छ।
  • आज बस्ने पार्टी सचिवालय बैठकले आयोगले तोकेको क्लस्टरअनुसार सांसदहरूको नाम टुंगो लगाउने जनाइएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता मनिष झाले नयाँ सरकार गठन हुन अझै १० दिन जति लाग्न सक्ने बताएका छन्। पार्टीको सचिवालय बैठकअघि सञ्चारकर्मीहरूसँग कुरा गर्दै झाले सरकार गठनको प्रक्रिया पूरा हुन केही समय लाग्ने संकेत गरेका हुन्।

उनले पार्टीबाट समानुपातिक सांसद बन्नेहरूको अन्तिम नामावली आजै निर्वाचन आयोगमा बुझाइने जानकारी समेत दिए। समानुपातिक सूचीलाई अन्तिम रूप दिन र अन्य समसामयिक राजनीतिक विषयमा छलफल गर्न रास्वपाको सचिवालय बैठक आज बस्दैछ। बैठकले आयोगले तोकेको क्लस्टरअनुसार सांसदहरूको नाम टुंगो लगाउने प्रवक्ता झाले बताए।

यो समाचारमा

मनिष झाकाठमाडौँराष्ट्रिय स्वतन्त्र पार्टी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...