सुदूरपश्चिम दूध उत्पादनमा आत्मनिर्भर बन्दै

Author

सजिलो पत्रिका

२०८३ साउन ०५, मङ्गलबार

4
Share
Featured
  • सुदूरपश्चिममा दैनिक १० लाख लिटर दूध उत्पादन भए पनि २० प्रतिशत मात्रै औपचारिक बजारमा पुग्ने गरेको छ।
  • प्रशोधन, गुणस्तर परीक्षण र चिस्यान पूर्वाधारको अभावका कारण किसानले पर्याप्त लाभ पाउन सकेका छैनन्।
  • सरकारले 'दूध उपयोग रणनीति' लागू गरी दुग्ध क्षेत्रलाई व्यावसायिक बनाउने तयारी गरेको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौं । सुदूरपश्चिम प्रदेश दूध उत्पादनमा आत्मनिर्भरतातर्फ उन्मुख भए पनि उत्पादित दूधको ठूलो हिस्सा अझै औपचारिक बजार प्रणालीमा जोडिन सकेको छैन। प्रदेश दुग्ध विकास बोर्डका अनुसार सुदूरपश्चिममा वार्षिक ३ लाख ५६ हजार मेट्रिक टनभन्दा बढी दूध उत्पादन हुने गरेको छ, जसमा कैलाली र कञ्चनपुरको योगदान ५२ प्रतिशत छ।

तथ्याङ्कअनुसार प्रदेशमा दैनिक १० लाख लिटर दूध उत्पादन हुन्छ। तर, त्यसमध्ये २ लाख लिटर (२० प्रतिशत) मात्रै औपचारिक बजारमा पुग्ने गरेको छ भने ५ लाख लिटर घरायसी खपत र ३ लाख लिटर अनौपचारिक बजारमा बिक्री भइरहेको छ। नेपालको औसत प्रतिव्यक्ति दूध उपलब्धता ९० लिटर रहेकामा सुदूरपश्चिममा यो दर १३० लिटरसम्म पुगेको छ।

उत्पादन बढे पनि प्रशोधन, गुणस्तर परीक्षण र चिस्यान पूर्वाधारको अभावमा किसानले उचित लाभ लिन सकेका छैनन्। भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव शङ्कर साहले अझै पनि दुग्ध क्षेत्र निर्वाहमुखी रहेकाले यसलाई व्यावसायिक बनाउन आवश्यक रहेको बताए। बोर्डका कार्यकारी निर्देशक श्यामसिंह खड्काले दूधलाई औपचारिक बजारमा ल्याउन र किसानलाई लाभ दिलाउन छिट्टै 'दूध उपयोग रणनीति' बनाएर अघि बढ्ने प्रतिबद्धता जनाएका छन्।

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    डा. देवेन्द्रराज पाण्डेको निधनमा राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिक आन्दोलनका अगुवा डा. देवेन्द्रराज पाण्डेको निधनमा गहिरो दुःख व्यक्त गर्दै समवेदना प्रकट गरेका छन्। शुक्रबार पाण्डेको निवास विशालनगर पुगेर राष्ट्रपतिका प्रेस सल्लाहकार र स्वकीय सचिवले हस्तान्तरण गरेको सन्देशमा राष्ट्रपतिले पाण्डेलाई 'निर्भीक र सत्यको पक्षपाती निष्ठावान लोकतन्त्रवादी' को संज्ञा दिएका छन्।राष्ट्रपति पौडेलले २०३६ सालमा सरकारी

    Data is loading...

    Loading brands...

    Loading footer...