धनुषा-३ मा मनिष झाको फराकिलो अग्रता, विमलेन्द्र निधि दोस्रो स्थानमा

Author

सजिलो पत्रिका

२०८२ फागुन २२, शुक्रबार

17
Share
Featured
  • धनुषा–३ को मतगणनामा रास्वपाक उम्मेदवार मनिष झा ८,४४१ मतसहित शीर्ष स्थानमा छन्।
  • कांग्रेसका विमलेन्द्र निधि २,९९० मतसहित दोस्रो स्थानमा छन्; दुबैबीच ५,४५१ मतको ठूलो अन्तर छ।
  • एमालेकी जुली महतो १,४३८ मतसहित तेस्रो स्थानमा छन्; मतगणना कार्य जारी छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

धनुषा क्षेत्र नम्बर ३ को मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार मनिष झाले आफ्नो अग्रतालाई निकै फराकिलो बनाउँदै लगेका छन्। पछिल्लो मत परिणाम अनुसार झाले ८ हजार ४४१ मत प्राप्त गर्दै शीर्ष स्थान ओगटेका छन्।

उनका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका उम्मेदवार विमलेन्द्र निधिले २ हजार ९९० मत प्राप्त गरेका छन्। झा र निधिबीच ५ हजार ४५१ मतको ठूलो अन्तर रहेको छ।

यस्तै, नेकपा एमालेकी उम्मेदवार जुली महतो १ हजार ४३८ मतका साथ तेस्रो स्थानमा छिन्। यस क्षेत्रमा मतगणना कार्य जारी छ र झाले सुरुवाती चरणदेखि नै आफ्नो अग्रतालाई बलियो बनाउँदै लगेका छन्।

यो समाचारमा

नेपाली काँग्रेसराष्ट्रिय स्वतन्त्र पार्टीमनिष झाधनुषा
काठमाडौँ4 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    मधेस प्रदेशमा ५८ प्रतिशत धान रोपाइँ

    जनकपुरधाम : यसवर्ष समयमै वर्षा नहुँदा असारको अन्तिमसम्म मधेस प्रदेशमा करिब ५८ प्रतिशत खेतीयोग्य जग्गामा धान रोपाइँ भएको छ । मधेस प्रदेश कृषि विकास निर्देशनालय नक्टाझिज धनुषाका अनुसार असारसम्ममा मधेस प्रदेशमा कुल क्षेत्रफलको ५७ दशमलव ९३ प्रतिशत हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको हो । त्यसमध्ये सबैभन्दा बढी सिरहामा ८० प्रतिशत क्षेत्रफलमा

    Data is loading...

    Loading brands...

    Loading footer...