'व्यवस्थापकीय कमजोरी र ढिलाइप्रति लज्जित छौँ' - प्रवक्ता झा

Author

सजिलो पत्रिका

२०८३ असार ११, बिहिबार

14
Share
Featured
  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता मनिष झाले प्रथम महाधिवेशनमा भएको व्यवस्थापकीय कमजोरी र ढिलाइप्रति आफूहरू लज्जित रहेको बताएका छन्।
  • मतदान प्रक्रियामा ढिलाइ भए पनि धैर्यतापूर्वक सहभागी भएका प्रतिनिधिहरूप्रति आभार व्यक्त गर्दै उनले कमजोरी स्वीकार गरेका हुन्।
  • झाका अनुसार पहिलो चरणमा करिब ६० प्रतिशत मतदान भएको छ भने दोस्रो चरणको मतदान आज दिउँसो ४ बजेदेखि सुरु हुने छ। रास्वपाले यही महाधिवेशनबाट नयाँ नेतृत्व चयन गर्दैछ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता मनिष झाले पार्टीको प्रथम महाधिवेशनमा भएको व्यवस्थापकीय कमजोरी र ढिलाइप्रति लज्जाबोध भएको बताएका छन्। बिहीबार चितवनमा आयोजित महाधिवेशनको पहिलो चरणको मतदानबारे जानकारी दिँदै उनले यस्तो स्वीकारोक्ति गरेका हुन्।

प्रवक्ता झाले मतदान प्रक्रियामा भएको ढिलाइका बाबजुद धैर्यतापूर्वक सहभागी भएका प्रतिनिधिहरूप्रति आभार व्यक्त गरे। "व्यवस्थापकीय कमजोरी र विलम्बका बाबजुद तपाईंहरू बसिदिनुभयो, हामी आभारी छौँ। तर कमजोरीप्रति हामी लज्जित पनि छौँ," उनले भने। धेरै प्रतिनिधिहरू फर्किसकेको हुनसक्ने आशंकाका बीच भएको सहभागितालाई उनले सन्तोषजनक बताएका छन्।

झाका अनुसार पहिलो चरणमा करिब ६० प्रतिशत मतदान भएको छ। दोस्रो चरणको मतदान आजै दिउँसो ४ बजेबाट सुरु हुने र एक जना मतदातालाई मत दिन ४ देखि ५ मिनेट लाग्ने जानकारी समेत उनले दिए। रास्वपाको यो पहिलो महाधिवेशनले पार्टीको नयाँ नेतृत्व चयन गर्दैछ।

यो समाचारमा

मनिष झाराष्ट्रिय स्वतन्त्र पार्टीकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...