साना नदीमा आकस्मिक बाढीको जोखिम

Author

सजिलो पत्रिका

२०८३ साउन ०५, मङ्गलबार

5
Share
Featured
  • जल तथा मौसम विज्ञान विभागले विभिन्न जिल्लाका साना नदीमा आकस्मिक बाढीको मध्यम जोखिम रहेको जनाएको छ।
  • झापा, उदयपुर, मकवानपुर, गोरखा, लमजुङ, जाजरकोट, दैलेख, कालीकोट, डोटी, डडेलधुरा र बैतडी लगायतका जिल्लामा विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ।
  • नदी किनार, तल्लो तटीय क्षेत्र र डुबान जोखिम भएका स्थानमा बसोबास गर्ने नागरिकलाई सावधानी अपनाउन विभागको अनुरोध छ।
समाचार सारांशGenerated using AI.

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज देशका विभिन्न जिल्लाबाट बग्ने साना नदीमा आकस्मिक बाढी (फ्ल्यास फ्लड) को मध्यम जोखिम रहने भएकाले नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

झापा, उदयपुर, मकवानपुर, गोरखा, लमजुङ, जाजरकोट, दैलेख, कालीकोट, डोटी, डडेलधुरा र बैतडी तथा आसपासका जिल्लाबाट बग्ने साना नदीको बहाव उल्लेख्य रूपमा बढ्न सक्ने सम्भावना छ ।

बाढीविद् विनोद पराजुलीले निरन्तर वर्षाका कारण उक्त  जिल्लाका नदी तथा खोलामा आकस्मिक रूपमा जलसतह बढ्न सक्ने भएकाले नदी किनार, तल्लो तटीय क्षेत्र तथा डुबान हुने स्थानमा बसोबास गर्ने नागरिकलाई विशेष सावधानी अपनाउन अनुरोध गरे ।

यो समाचारमा

मकवानपुरझापागोरखाजल तथा मौसम विज्ञान विभाग

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत 'समता कर' फिर्ता लिने सरकारको निर्णय

    काठमाडौं । सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाउने घोषणा गरेको ३ प्रतिशत 'समता कर' (समता शुल्क) हटाएको छ। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले अर्थमन्त्री स्वर्णिम वाग्लेसँगको परामर्शपछि हालका लागि यो कर लागू नगर्ने निर्णय भएको जानकारी दिएका हुन्।प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमार्फत यो कर कार्यान्वयन गर्दा आम नागरिकले थप आर्थिक भार

    Data is loading...

    Loading brands...

    Loading footer...