रास्वपाले टुंग्यायो ५७ समानुपातिक सांसदको नाम, ४८ महिला र ९ पुरुष सिफारिस

Author

सजिलो पत्रिका

२०८२ चैत ०१, आइतबार

27
Share
Featured
  • रास्वपाले समानुपातिक सांसदहरूको अन्तिम नामावली टुंग्यायो: कुल ५७ जना, जसमा ४८ महिला र ९ पुरुष सिफारिस।
  • समावेशी प्रतिनिधित्व सुनिश्चित: खस आर्य १७, जनजाति १६, मधेसी ९, दलित ८, थारु ४ र मुस्लिम ३।
  • निर्वाचन आयोगमा पठाइने तयारी: आयोगले नाम रुजु गरेपछि मात्रै आधिकारिक रूपमा सार्वजनिक हुनेछ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधि सभातर्फका ५७ जना समानुपातिक सांसदहरूको नामावली टुंगो लगाएको छ। सोमबार बसेको पार्टीको सचिवालय बैठकले निर्वाचन आयोगले तोकेको क्लस्टरअनुसार ४८ जना महिला र ९ जना पुरुष गरी ५७ जनाको नाम सिफारिस गर्ने निर्णय गरेको हो।

पार्टी प्रवक्ता मनिष झाका अनुसार सिफारिस गरिएका नामहरू आजै निर्वाचन आयोगमा बुझाइनेछ। यद्यपि, आयोगले ती नामहरू रुजु नगरेसम्म प्रस्तावित मात्र रहने भएकाले तत्काल सार्वजनिक नगरिने उनले बताए। "आयोगले नाम रुजु गरेपछि मात्र आधिकारिक रूपमा सार्वजनिक हुनेछ," झाले भने।

रास्वपाले पठाएको सूचीमा खस आर्यतर्फ १७, जनजाति १६, मधेसी ९, दलित ८, थारु ४ र मुस्लिम समुदायबाट ३ जनाको प्रतिनिधित्व रहेको छ। आयोगले दिएको समयसीमाभित्रै समावेशी क्लस्टर मिलाएर नामावली पठाइएको प्रवक्ता झाले जानकारी दिए। नामावली रुजु भएपछि निर्वाचन आयोगले नै निर्वाचित सांसदहरूको अन्तिम घोषणा गर्नेछ।

यो समाचारमा

प्रतिनिधि सभानिर्वाचन आयोगमनिष झाराष्ट्रिय स्वतन्त्र पार्टी
काठमाडौँ4 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    कारबाहीमा परेका व्यक्तिको भविष्यको योग्यता ऐनमै प्रष्ट हुनुपर्छ- कार्यकारी निर्देशक रावल

    काठमाडौँ । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक दीर्घबहादुर रावलले बैंक तथा वित्तीय संस्थाका पदाधिकारीमाथि हुने कारबाही र उनीहरूको भविष्यको योग्यताका विषयमा ऐनमै स्पष्ट व्यवस्था हुनुपर्ने माग गरेका छन्। आइतबार प्रतिनिधि सभाको अर्थ समितिमा 'नेपाल राष्ट्र बैंक ऐन, २०५८' को संशोधन विधेयकमाथिको छलफलमा उनले यस्तो धारणा राखेका हुन्।रावलले प्रस्तावित विधेयकको दफा

    Data is loading...

    Loading brands...

    Loading footer...