' नतिजा जस्तोसुकै आओस्, महामन्त्रीमा लड्छु '- मनिष झा

Author

सजिलो पत्रिका

२०८३ असार ०८, सोमबार

19
Share
Featured
  • रास्वपाका प्रवक्ता मनिष झा ले पार्टीको महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।
  • उनले नेतृत्वमा अनुभवी व्यक्तिको आवश्यकता रहेको उल्लेख गर्दै आफू प्रतिस्पर्धाका लागि पूर्ण रूपमा तयार रहेको बताएका छन्।
  • रास्वपाको महाधिवेशनमा अब बन्दसत्र सुरु हुने र भोलिदेखि निर्वाचन प्रक्रिया अघि बढ्ने तालिका रहेको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता मनिष झाले पार्टीको आगामी महामन्त्री पदका लागि उम्मेदवारी दिने घोषणा गरेका छन्। जारी महाधिवेशन स्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै झाले आफू प्रतिस्पर्धाका लागि पूर्ण रूपमा तयार रहेको बताएका हुन्।

हाल पार्टीमा कुनै पनि कार्यकारी पदमा नरहेका झाले नेतृत्वमा अनुभवी व्यक्तिको आवश्यकता रहेको औँल्याए।

"नतिजा जस्तोसुकै आए पनि म महामन्त्री पदमा प्रतिस्पर्धा गर्न तयार छु," झाले भने, "मैले पार्टीमा अहिलेसम्म निर्वाह गरेको जिम्मेवारीले यो पदलाई पूर्ण न्याय दिने विश्वास छ।" आइतबारदेखि सुरु भएको रास्वपाको महाधिवेशनमा अब बन्दसत्र सुरु हुँदै छ । भोलिदेखि निर्वाचन प्रक्रिया अघि बढ्ने तालिका रहेको छ ।

यो समाचारमा

काठमाडौँमनिष झाराष्ट्रिय स्वतन्त्र पार्टी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    डा. देवेन्द्रराज पाण्डेको निधनमा राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिक आन्दोलनका अगुवा डा. देवेन्द्रराज पाण्डेको निधनमा गहिरो दुःख व्यक्त गर्दै समवेदना प्रकट गरेका छन्। शुक्रबार पाण्डेको निवास विशालनगर पुगेर राष्ट्रपतिका प्रेस सल्लाहकार र स्वकीय सचिवले हस्तान्तरण गरेको सन्देशमा राष्ट्रपतिले पाण्डेलाई 'निर्भीक र सत्यको पक्षपाती निष्ठावान लोकतन्त्रवादी' को संज्ञा दिएका छन्।राष्ट्रपति पौडेलले २०३६ सालमा सरकारी

    Data is loading...

    Loading brands...

    Loading footer...