नीति अनुसन्धान प्रतिष्ठान र मध्यपश्चिम विश्वविद्यालयबीच सहकार्यका विषयमा छलफल

Author

सजिलो पत्रिका

२०८३ साउन ०५, मङ्गलबार

6
Share
Featured
  • नीति अनुसन्धान प्रतिष्ठान र मध्यपश्चिम विश्वविद्यालयबीच अनुसन्धान तथा क्षमता विकासमा सहकार्यबारे छलफल भएको छ।
  • छलफलमा विद्यार्थी संलग्नता, विज्ञसूची निर्माण र क्षेत्रीय ‘आउटपोस्ट’ अवधारणामा केन्द्रित चर्चा भएको थियो।
  • यसअघि भएको MoU कार्यान्वयन गर्दै प्राज्ञिक क्षेत्रलाई नीति निर्माणसँग जोड्ने लक्ष्य राखिएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौं । नीति अनुसन्धान प्रतिष्ठान र मध्यपश्चिम विश्वविद्यालयका पदाधिकारीबीच आज काठमाडौँमा क्षमता विकास र अनुसन्धान सहकार्यका विषयमा छलफल भएको छ। छलफलमा विद्यार्थी संलग्नता, विज्ञसूची निर्माण र प्रतिष्ठानका अध्ययनहरूका लागि क्षेत्रीय 'आउटपोस्ट' (Regional Outpost) को अवधारणालगायतका विषयमा कुराकानी भएको थियो।

छलफलमा प्रतिष्ठानका कार्यकारी निर्देशक लक्ष्मणप्रसाद भट्टराई, वरिष्ठ अनुसन्धानकर्ताहरू तथा विश्वविद्यालयका तर्फबाट अन्तर्राष्ट्रिय सम्बन्ध निर्देशनालयका निर्देशक डा. यदुप्रसाद ज्ञवाली र लोकबहादुर ओली सहभागी हुनुहुन्थ्यो। यी दुई निकायबीच गत माघ २६ गते आपसी सहयोग र सहकार्यका लागि समझदारीपत्र (MoU) मा हस्ताक्षर भएको थियो। सोही समझदारीलाई कार्यान्वयनमा लैजान र प्राज्ञिक क्षेत्रलाई नीति निर्माणमा जोड्न यो छलफल केन्द्रित रहेको जनाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    काठमाडौँ महानगरले महेन्द्र भवन माध्यमिक आवासीय विद्यालयलाई ‘नमूना विद्यालय’ बनाउने

    काठमाडौं । काठमाडौँ महानगरपालिकाले महेन्द्र भवन माध्यमिक आवासीय विद्यालयलाई ‘नमूना विद्यालय’ बनाउने भएको छ । विद्यालयलाई महानगरको नमूना विद्यालयका रूपमा विकास गर्ने उद्देश्यले बुधबार काठमाडौँ महानगरपालिका र महेन्द्र भवन सार्वजनिक शैक्षिक गुठीबिच सम्झौता भएको हो ।सम्झौतामा महेन्द्र भवन सार्वजनिक शैक्षिक गुठीका तर्फबाट अध्यक्ष प्रा. डा. प्रमिला राई र काठमाडौँ महानगरपालिकाका

    Data is loading...

    Loading brands...

    Loading footer...