रास्वपाले टुंग्यायो ७ संसदीय समितिका सभापति, आज उम्मेदवारी दर्ता

Author

सजिलो पत्रिका

२०८३ वैशाख ०३, बिहिबार

27
Share
Featured
  • रास्वपाले ७ संसदीय समितिका सभापतिका उम्मेदवार टुंगो लगाएको छ, आज उम्मेदवारी दर्ता हुँदैछ।
  • विभिन्न समितिमा हरि ढकाल, अशोक चौधरी, मनिष झा, रहबर अन्सारी, समीक्षा बाँस्कोटा, सुम्निमा उदास र सुशान्त वैदिकलाई अघि सारिएको छ।
  • बाँकी समितिमा अन्य दलको तयारी जारी छ, शुक्रबार निर्वाचनमार्फत सभापति चयन हुनेछ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधि सभा अन्तर्गतका विषयगत समितिका सभापतिहरूको टुंगो लगाएको छ। बिहीबार सिंहदरवारमा बसेको संसदीय दलको बैठकले ७ वटा समितिका लागि सभापतिहरूको नाम तय गरेको हो।

रास्वपाले सार्वजनिक गरेको सूचीअनुसार राज्य व्यवस्था तथा सुशासन समितिमा हरि ढकाल, कृषि सहकारी तथा प्राकृतिक स्रोतमा अशोक कुमार चौधरी, उद्योग वाणिज्य र श्रममा मनिष झा, र शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिमा रहबर अन्सारीलाई सभापति बनाउने निर्णय गरेको छ।

त्यसैगरी, कानुन, न्याय तथा मानवअधिकार समितिमा समीक्षा बाँस्कोटा, अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटनमा सुम्निमा उदास र अर्थ समितिमा सुशान्त वैदिकलाई उम्मेदवार बनाउने निर्णय भएको छ। संसदीय सुनुवाइ समितिको सभापति भने हालसम्म टुंगो लागेको छैन।

सार्वजनिक लेखा समितिको सभापति विपक्षी दललाई दिने प्रचलनअनुसार प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस, नेकपा एमाले र नेपाल कम्युनिस्ट पार्टी साझा उम्मेदवार उठाउन छलफलमा जुटेका छन्। प्रतिनिधि सभाका १० र संयुक्त २ गरी १२ वटा समितिका सभापतिका लागि आज उम्मेदवारी दर्ता हुँदैछ भने शुक्रबार निर्वाचनमार्फत नेतृत्व चयन गरिनेछ। राष्ट्रिय सभाका समितिका सभापतिहरूको चयन यसअघि नै भइसकेको छ।

यो समाचारमा

नेपाली काँग्रेसहरि ढकालकाठमाडौँराष्ट्रिय स्वतन्त्र पार्टी
सिंहदरवार7 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    Data is loading...

    Loading brands...

    Loading footer...