जेन-जेड आन्दोलन नेपालको राजनीतिक, सामाजिक र सांस्कृतिक इतिहासमा महत्वपूर्ण मोडको रूपमा दर्ज हुँदै गएको छ। सामाजिक सञ्जालमा प्रतिबन्धको विरोधबाट सुरु भएको यो आन्दोलन भ्रष्टाचार, बेथिति र असमानताको विरुद्ध एक व्यापक जनआन्दोलनमा परिणत भएको छ। अशब आलम ठकुराई जस्ता युवाहरूको बलिदानले आन्दोलनलाई अझ प्रखर बनाएको छ, जसले केवल पीडित परिवारलाई मात्र होइन, सम्पूर्ण पुस्तालाई पनि गहिरो प्रभाव पारेको छ।
यस आन्दोलनले सरकारलाई झुक्न बाध्य गराउँदै तत्कालीन प्रधानमन्त्रीको राजीनामासम्म पुर्याएको छ। अन्तरिम सरकार गठन भए पनि युवाहरू अझै पनि पारदर्शिता, न्याय र दीगो सुधारको खोजीमा छन्। यसले स्पष्ट सन्देश दिएको छ कि नेपालको भविष्य निर्माणमा नयाँ पुस्ताको आवाजलाई बेवास्ता गर्न सकिँदैन।
त्यसैले, जेन-जेड आन्दोलन केवल वर्तमान राजनीतिक परिर्वतनको घटनामात्र होइन, नेपालको लोकतान्त्रिक यात्रामा एउटा महत्वपूर्ण अध्याय हो। यो आन्दोलनले आगामी पुस्तालाई अझ सचेत, अधिकारप्रेमी र परिवर्तनकामी बन्न प्रेरित गर्ने सम्भावना बोकेको छ।