काठमाडौं । जापानमा बढ्दो गर्मीको लहरबाट बच्न एउटा कम्पनीले अनौठो 'मानव रेफ्रिजरेटर' (डो हाइमोन बक्स) सार्वजनिक गरेको छ। यो एक प्रकारको कुलिङ बुथ हो, जसलाई रेफ्रिजरेसन निर्माता एसडीआरएसले विकास गरेको हो।
रेफ्रिजरेटेड भेन्डिङ मेसिनबाट प्रेरित यो बुथभित्रको तापक्रमजापानमा गर्मी छल्न 'मानव रेफ्रिजरेटर' आविष्कार, ५ मिनेटमै दिनेछ शीतलजापानमा गर्मी छल्न 'मानव रेफ्रिजरेटर' आविष्कार, ५ मिनेटमै दिनेछ शीतल १५ डिग्री सेल्सियसमा स्थिर रहन्छ।
यसभित्र रहेको कुर्सीमा बस्दा टाउको, घाँटी र काँधमा ५ डिग्री सेल्सियसको चिसो हावा सिधै पुग्छ, जसले प्रयोगकर्तालाई ५ मिनेटभित्रै शीतलता प्रदान गर्छ। १० मिनेट बुथभित्र बिताउँदा शरीरको तापक्रम द्रुत रूपमा घटेर गर्मीका कारण हुने थकानबाट राहत मिल्ने कम्पनीको दाबी छ।
यो बुथ पोर्टेबल छ र यसलाई घरभित्र वा बाहिर सजिलै सार्न सकिन्छ। सामान्य 'स्पट एयर कन्डिसनर' भन्दा आधा कम बिजुली खपत गर्ने यो मेसिन २० मिनेटपछि स्वचालित रूपमा बन्द हुने सुरक्षा फिचरसहित उपलब्ध छ। विशेषगरी निर्माण स्थल, कारखाना र गोदाम जस्ता तातो ठाउँमा काम गर्ने मजदुरहरूका लागि यो निकै उपयोगी हुने अपेक्षा गरिएको छ।