कम्बोडिया र न्यूजिल्याण्ड पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

Author

सजिलो पत्रिका

२०८३ साउन ०७, बिहिबार

16
Share1
Featured
  • कम्बोडिया र न्यूजिल्याण्ड पठाइदिने भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन्।
  • हरि बहादुर पन्तले २ जनाबाट ५ लाख र अमृत मगरले १ जनाबाट १० लाख ७० हजार रुपैयाँ ठगी गरेको आरोप छ।
  • पक्राउ परेका दुवैलाई थप अनुसन्धानका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौं । कम्बोडिया र न्यूजिल्याण्ड पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ परेका छन् । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी कम्बोडिया र न्यूजिल्याण्ड पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा दुई जनालाई बुधबार प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा काठमाडौं तारकेश्वर नगरपालिका—५ बस्ने धादिङ त्रिपुरासुन्दरी गाउपालिका—७ घर भएका ३७ वर्षीय हरि बहादुर पन्त र ललितपुर गोदावरी नगरपालिका—३ बस्ने सिन्धुली सुनकोशी गाउँपालिका, सिन्धुली—२ घर भएका ४७ वर्षीय अमृत मगर रहेका छन् ।

पक्राउ मध्ये हरि बहादुरले कम्बोडिया पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ५ लाख रूपैयाँ र अमृतले न्यूजिल्याण्ड पठाइदिन्छु भन्दै १ जना पीडितबाट १० लाख ७० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले हरि बहादुरलाई बुढानीलकण्ठ नगरपालिका—७ बाट र अमृतलाई ललितपुर महानगरपालिका—५ बाट पक्राउ गरेको हो ।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

यो समाचारमा

त्रिपुरासुन्दरी गाउपालिकाकम्बोडियातारकेश्वर नगरपालिकाबुढानीलकण्ठ  नगरपालिका
सुनकोशी गाउँपालिका, सिन्धुली5 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    रैथाने उत्पादनको संरक्षणका लागि 'जीआई' कानुन ल्याउने मन्त्री यादवको प्रतिबद्धता

    काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरिकुमारी यादवले नेपालका रैथाने तथा मौलिक उत्पादनको संरक्षण र प्रवद्र्धनका लागि भौगोलिक संकेत (जीआई) सम्बन्धी कानुन ल्याउने प्रतिबद्धता व्यक्त गरेकी छन्। बिहीबार नेपालका लागि खाद्य तथा कृषि संगठन (एफएओ) का प्रतिनिधि केन सिमिजुसँगको शिष्टाचार भेटका क्रममा उनले यस्तो बताएकी हुन्।भेटमा नेपालका विभिन्न भौगोलिक

    Data is loading...

    Loading brands...

    Loading footer...