देशभर एकैदिन ४७ विपद् घटना, पहिरोमा दुई जनाको मृत्यु

Author

सजिलो पत्रिका

२०८३ साउन ०७, बिहिबार

20
Share1
Featured
  • बुधबार देशभर भएका ४७ विपद्जन्य घटनामा परी २ जनाको मृत्यु र ५ जना घाइते भएका छन्।
  • पहिरो, बाढी, आगलागी, सर्पदंश र सडक अवरोध लगायतका घटनाबाट ७ परिवार प्रभावित भएका छन्।
  • विपद्बाट करिब १ करोड ९० लाख रुपैयाँ बराबरको क्षति भएको प्राधिकरणले जनाएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौं । देशका विभिन्न भागमा बुधबार भएका ४७ विपद्जन्य घटनामा परी दुई जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसारे सर्पदंशका पाँच, आगलागीका पाँच, बाढीको एक, पहिरोका १६,सडक अवरोधका १४, चौपाया क्षतिका एक तथा अन्य चार घटना भएका थिए ।

ती घटनाबाट सात परिवार प्रभावित भएका छन् । पहिरोका घटनामा दुई जनाको मृत्यु भएको हो भने पाँच जना घाइते भएका छन् । विपद्बाट रु एक करोड ९० लाख बराबरको क्षति भएको छ ।

गत वैशाख १ गतेसम्म हालसम्म देशभर दुई हजार ३६१ विपद्जन्य घटना भएका छन् । ती घटनामा परी १७३ जनाको मृत्यु, दुई जना बेपत्ता तथा एक हजार २०८ जना घाइते भएका छन् । यस अवधिमा चार हजार ८६९ परिवार प्रभावित भएका प्राधिकरणले जनाएको छ ।

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    किस्ता तिर्न ढिला भए पनि ब्याज अनुदान नरोकिने, यस्तो छ संशोधित कार्यविधि

    काठमाडौं । सरकारले 'सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी कार्यविधि, २०८२' मा पहिलो संशोधन गर्दै पुराना ऋणी र प्राकृतिक विपद् पीडितका लागि महत्वपूर्ण व्यवस्था थप गरेको छ। अर्थ मन्त्रालयले साउन १ गतेदेखि कार्यान्वयनमा ल्याएको संशोधित कार्यविधिअनुसार २०७५ को एकीकृत कार्यविधि बमोजिम प्रवाह भएका कर्जा नवीकरण भएको अवस्थामा ५ वर्षसम्म ब्याज अनुदान

    Data is loading...

    Loading brands...

    Loading footer...