
काठमाडौँसर्वोच्च अदालतका पूर्वन्यायाधीश हरगोविन्द सिंह प्रधानको बुधबार निधन भएको छ। उनको निधनप्रति दुःख व्यक्त गर्दै सर्वोच्च अदालतले शोक प्रकट गरेको छ।प्रधानको निधनको शोकमा आज सर्वोच्च अदालतमा इजलास सञ्चालन नहुने निर्णय गरिएको सर्वोच्च अदालत प्रशासन शाखाले जनाएको छ। शोकका कारण नियमित न्यायिक कार्य प्रभावित हुने भएको छ।