कांग्रेस आकस्मिक बैठक : पूर्वमन्त्री दाहालको निधनप्रति शोक प्रस्ताव पारित

Author

सजिलो पत्रिका

२०८२ पुस २६, शनिबार

37
Share
Featured
  • नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिले नेता एवं पूर्वमन्त्री होमनाथ दाहालको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ।
  • ८४ वर्षका दाहालले पार्टीमा विभिन्न जिम्मेवारी सम्हाल्दै लोकतान्त्रिक आन्दोलन र संगठन निर्माणमा नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए।
  • दाहाल नेपाल पत्रकार महासंघका पूर्वसभापति, प्रजातान्त्रिक प्रवक्ता र पूर्व कृषिमन्त्री थिए; उनको योगदान राजनीति र पत्रकारितामा अविस्मरणीय मानिएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले कांग्रेस नेता एवं पूर्वमन्त्री वरिष्ठ पत्रकार होमनाथ दाहालको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ । शनिबार पार्टी कार्यालय सानेपामा बसेको उक्त बैठकले दाहालको निधनप्रति शोक प्रस्ताव पारित गरेको हो ।

शोक प्रस्ताव पारित गर्दै नेपाली कांग्रेसका उपसभापति पूर्ण बहादुर खड्काले स्वर्गीय दाहालले पार्टीको विभिन्न पदीय जिम्मेवारीमा रहेर नेपाली कांग्रेसको संगठन निर्माण र नेपालको लोकतन्त्रिक आन्दोलनहरुमा नेतृत्वदायी भूमिका निर्वाह गरेको बताए ।

उनले भने, ‘नेपाल पत्रकार महासंघका पूर्वसभापति हुनुहुन्थ्यो । नेपालको प्रजातन्त्र आन्दोलनका क्रममा पटक पटक जेल जीवन बिताएका स्वर्गीय दाहाल वि.सं. २०५६ को निर्वाचनमा ओखलढुंगा जिल्ला निर्वाचन क्षेत्र नं. १ बाट कांग्रेसको तर्फबाट प्रतिनिधि सदस्यमा निर्वाचित हुनु भएको थियो । दाहालले पार्टीको विभिन्न पदीय जिम्मेवारीमा रहेर नेपाली कांग्रेसको संगठन निर्माण र नेपालको लोकतन्त्रिक आन्दोलनहरुमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएको थियो ।’

८४ वर्षीय दाहालको गएराति वीर अस्पतालमा उपचारका क्रममा निधन भएको हो । ओखलढुंगा जिल्लाका रामपुरमा जन्मेका दाहाल नेपाली कांग्रेस प्रजातान्त्रिकका प्रवक्ता तथा पूर्व कृषिमन्त्री पनि थिए । उनको योगदान नेपाली पत्रकारिता र राजनीति क्षेत्रमा अविस्मरणीय छ ।

यो समाचारमा

काठमाडौँनेपाली काँग्रेस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    मन्त्री बर्खास्तपछि एमालेद्वारा सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता

    काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी (एमाले) सुदूरपश्चिम प्रदेश संसदीय दलले नेपाली काँग्रेस नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। बुधबार बसेको संसदीय दलको बैठकले सोही दिन साँझ ५ बजेदेखि लागू हुने गरी सरकारप्रतिको समर्थन फिर्ता लिने निर्णय गरेको दलका नेता राजेन्द्रसिंह रावलले जानकारी दिए।आर्थिक वर्ष २०८३/८४ को बजेट

    Data is loading...

    Loading brands...

    Loading footer...