कांग्रेसको दोस्रो महाधिवेशन पक्षधरको शनिवारका सबै कार्यक्रम स्थगित

Author

सजिलो पत्रिका

२०८२ पुस २६, शनिबार

37
Share
Featured
  • नेपाली कांग्रेसले नेता, पत्रकार र प्रजातान्त्रिक आन्दोलनका योद्धा होमनाथ दाहालको निधनका कारण आजका औपचारिक कार्यक्रम स्थगित गरेको छ।
  • दाहालले प्रजातन्त्र स्थापनामा बीपी कोइरालासँगको सहकार्य र राष्ट्र पुकार जस्ता पत्रिकाबाट अतुलनीय योगदान दिएका थिए।
  • भोलि र पर्सी हुने विशेष महाधिवेशन भने यथावत् रहनेछ र उद्घाटन समारोह श्रद्धा र सम्मानका साथ सुरु गरिनेछ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाली काँग्रेसको दोस्रो महाधिवेशन व्यवस्थापन सचिवालयले कांग्रेसका नेता, प्रजातान्त्रिक आन्दोलनका योद्धा एवं अग्रज पत्रकार होमनाथ दाहालको निधन भएका कारण शोक मनाउन आजका औपचारिक कार्यक्रम स्थगित गरिएको जनाएको छ ।

दाहालको निधन भएका कारण शोक मनाउन आजका औपचारिक कार्यक्रम स्थगित गरिएको सचिवालयका संयोजक मनोजमणि आचार्यले बताए ।

दाहालको ८४ वर्षको उमेरमा निधन भएको हो । आचार्यले भोलि र पर्सी हुने विशेष महाधिवेशन भने यथावत् रहेको जानकारी दिए ।

नेपालको लोकतान्त्रिक आन्दोलनका अथक साधक, वरिष्ठ पत्रकार, पूर्व केन्द्रीय सदस्य तथा पूर्वमन्त्री दाहालको निधनले पार्टी र लोकतान्त्रिक क्षेत्रमा शोकको छायाँ परेको सचिवालयले जनाएको छ ।

प्रजातन्त्र स्थापनाको सङ्घर्षका कठिन दिनमा बीपी कोइरालासँगको सानिध्यतामा रहि उनले अतुलनीय योगदान गरेको बताइएको छ ।

‘नेपालको पत्रकारिता र राजनीतिक जगतले एक असल योद्धा गुमाएको छ । प्रजातन्त्र स्थापनाको सङ्घर्षका कठिन दिनमा बीपी कोइरालासँगको सानिध्यतामा राष्ट्र पुकार लगायतका पत्रिकाबाट उहाँले पुरउनुभएको योगदान अतुलनीय रहेको छ,’ विज्ञप्तिमा उल्लेख गरिएको छ ।

‘स्वर्गीय दाहालको सम्मानमा दोस्रो विशेष महाधिवेशन २०८२ का सन्दर्भमा आज पौष २६ गते आयोजित पदयात्रा लगायत आजका निर्धारित सम्पूर्ण कार्यक्रमहरू स्थगित गरिएको छ । भोलि पौष २७ गते हुने विशेष महाधिवेशनको समुद्घाटन समारोहमा श्रद्धा र सम्मानका साथ प्रारम्भ गर्ने छौं,’ विज्ञप्तिमा उल्लेख गरिएको छ ।

यो समाचारमा

काठमाडौँनेपाली काँग्रेस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भारतमा प्रश्नपत्र चुहावटविरुद्ध 'कक्रोच' आन्दोलन चर्कियो, संसद् भवन घेर्ने प्रयास

    काठमाडौं । भारतमा प्रश्नपत्र चुहावट र शिक्षा प्रणालीमा सुधारको माग गर्दै युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले उग्र रूप लिएको छ। सोमबार हजारौँ प्रदर्शनकारीहरू राजधानी नयाँदिल्लीको जन्तरमन्तरमा भेला भई संसद् भवनतर्फ मार्च गर्ने प्रयास गरेका छन्। संसद्को मनसुन अधिवेशन जारी रहेकाले प्रहरीले सुरक्षाको कारण देखाउँदै मार्चको अनुमति नदिएपछि दिल्लीको सुरक्षा व्यवस्था अत्यन्त

    Data is loading...

    Loading brands...

    Loading footer...