प्रशान्त तामाङकी पत्नीले भनिन ‘उहाँको निद्रामा नै प्राकृतिक मृत्यु भएको हो’

Author

सजिलो पत्रिका

२०८२ पुस २८, सोमबार १५:१४

69
Share
Featured
  • ‘इन्डियन आइडल–३’ का विजेता गायक तथा अभिनेता प्रशान्त तामाङको आइतबार प्राकृतिक कारणले निधन भयो, उनी निद्रामा नै संसारबाट बिदा भएको पत्नी मार्था एलेले बताइन्।
  • मृत्युबारे कुनै शंकास्पद अवस्था नरहेको परिवारको भनाइ छ भने अन्तिम पोस्टमार्टम रिपोर्ट नआएसम्म निष्कर्षमा पुग्न नसकिने प्रहरीले जनाएको छ।
  • दार्जिलिङमा जन्मिएका तामाङले ‘इन्डियन आइडल’पछि गायनसँगै अभिनयमा पनि सफलता पाएर ‘गोर्खा पल्टन’सहित दर्जनौँ फिल्ममा अभिनय गरेका थिए।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

लोकप्रिय गायन रियालिटी शो ‘इन्डियन आइडल–३’ जितेर चर्चामा आएका गायक तथा अभिनेता प्रशान्त तामाङको आइतबार निधन भएको छ । उनकी पत्नी मार्था एलेले तामाङको मृत्यु प्राकृतिक कारणले भएको र उनी निद्रामा नै संसारबाट बिदा भएको बताएकी छन् ।

भारतीय सञ्चार माध्यम एएनआईसँग कुरा गर्दै मार्था एलेले यस्तो बताएकी हुन् । उनले तामाङको निधनपछि विश्वभरबाट आएको समर्थन र समवेदनाप्रति आभार व्यक्त गरिन् । “सबैलाई धन्यवाद । संसारभरबाट फोन आइरहेका छन् । चिनेजानेका मात्र होइन, नचिनेका मानिसहरूले पनि फूल पठाइरहेका छन् । मानिसहरू घरबाहिर उभिएका छन, अस्पतालमा अन्तिम दर्शनका लागि आएका छन,” उनले भनिन् । प्रशान्त तामाङप्रति जनताबाट आएको माया र भावनात्मक प्रतिक्रिया आफूहरुका लागि अत्यन्तै भावुक बनाउने खालको रहेको उल्लेख गर्दै उनले थपिन, “कृपया उहाँलाई पहिलेझैँ माया गरिरहनुहोस् । उहाँ एक महान आत्मा र असल मानिस हुनुहुन्थ्यो । त्यही रूपमा उहाँलाई सम्झिरहनुहोला ।”

अचानक कम उमेरमै निधन भएको विषयमा उठिरहेका अड्कलबाजीप्रति स्पष्ट पार्दै मार्था एलेले कुनै पनि शंकास्पद अवस्था नरहेको बाएकी हुन् । “यो प्राकृतिक मृत्यु हो । उहाँ निद्रामा नै हामीबाट टाढा हुनुभयो । म त्यही बेला उहाँकै छेउमा थिएँ,” उनले भनिन् ।

यसैबीच, दक्षिण–पश्चिम दिल्लीका एडीसीपी अभिमन्यु पोस्वालले मृत्युबारे आधिकारिक जानकारी दिँदै अन्तिम पोस्टमार्टम रिपोर्ट नआएसम्म कुनै पनि शंकास्पद पक्ष औँल्याउन गाह्रो हुने बताएका छन् । उनका अनुसार आइतबार दिउँसो ३ः१० बजे माता चानन देवी अस्पतालबाट मेडिकल लिगल केस (एमएलसी) प्राप्त भएको थियो, जसमा रघुनगरका बासिन्दा प्रशान्त तामाङलाई अस्पताल ल्याउँदा मृत घोषणा गरिएको उल्लेख छ । घटनापछि अपराध अनुसन्धान टोली र फरेन्सिक विज्ञान प्रयोगशाला (एफएसएल) टोलीले मृतकको निवासमा पुगेर प्रमाण संकलन गरेको र शव पोस्टमार्टमका लागि दीनदयाल उपाध्याय (डीडीयू) अस्पताल पठाइएको छ । तामाङ पत्नी र छोरीसँगै बस्दै आएका थिए र पत्नीले नै उनलाई अस्पताल पु¥याएकी थिइन् । उनको बयानसमेत लिइसकिएको प्रहरीले जनाएको छ ।

सन् १९८३ जनवरी ४ मा दार्जिलिङको टुङ्सुङमा जन्मिएका प्रशान्त तामाङले औपचारिक संगीत शिक्षा नलिए पनि पश्चिम बंगाल प्रहरीको पुलिस अर्खेस्ट्रामार्फत आफ्नो प्रतिभा प्रस्तुत गर्ने अवसर पाएका थिए । ‘इन्डियन आइडल’ जितेपछि उनले गायनसँगै अभिनय क्षेत्रमा पनि पाइला चाल्दै नेपाली सुपरहिट फिल्म ‘गोर्खा पल्टन’ सहित दर्जनौँ फिल्ममा अभिनय गरेका थिए ।

यो समाचारमा

प्रशान्त तामाङकाठमाडौँ

ट्यागहरू

#निधन#भारतीय#प्रशान्त तामाङ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    चालु आर्थिक वर्षमा ४० हजार बढी पर्यटक भित्रिए पनि असार लागेपछि अन्नपूर्ण पदमार्ग सुस्तायो

    लमजुङ । वर्षायाम सुरु भएसँगै विश्वप्रसिद्ध अन्नपूर्णपदमार्गमा विदेशी पर्यटकको आगमन घटेको छ । पर्यटकीय याममा दैनिक ५०० देखि ६०० जनासम्म पर्यटक आउने पदमार्गमा यतिबेला दैनिक पाँचदेखि १५ जना आउने गरेका छन् ।धारापानीस्थित अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) पर्यटक जाँच तथा सूचना केन्द्रका इन्चार्ज भूपेन्द्र गुरुङका अनुसार वर्षायाम सुरु भएसँगै पर्यटकको

    sajilo patrika

    सडक स्तरोन्नति र पुल निर्माण हाम्रो स्पष्ट नीति हो : मुख्यमन्त्री बानियाँ

    राष्ट्रपति पौडेल र युएईका वैदेशिक व्यापारमन्त्रीबीच भेटवार्ता

    नेपालीको जीवन रक्षाका लागि भारत लैजाने तयारी थियो : गृहमन्त्री

    अमेरिकी निर्वाचन आयोगमा ट्रम्पको हस्तक्षेप, बाँकी दुई आयुक्त पनि हटाइए

    भर्खरै

    News Image

    चालु आर्थिक वर्षमा ४० हजार बढी पर्यटक भित्रिए पनि असार लागेपछि अन्नपूर्ण पदमार्ग सुस्तायो

    News Image

    सडक स्तरोन्नति र पुल निर्माण हाम्रो स्पष्ट नीति हो : मुख्यमन्त्री बानियाँ

    News Image

    राष्ट्रपति पौडेल र युएईका वैदेशिक व्यापारमन्त्रीबीच भेटवार्ता

    News Image

    नेपालीको जीवन रक्षाका लागि भारत लैजाने तयारी थियो : गृहमन्त्री

    ट्रेन्डिङ

    आगामी इभेन्ट्सहरू

    लोड भइरहेको छ...

    Data is loading...

    Loading brands...

    Loading footer...
    • नेपाली टाइपिङ
    sajilopatrikasajilopatrika
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    पात्रो शेयर मार्केट
    • नेपाली टाइपिङ
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    Directory
    Shorts
    Incident

    Loading menu...

    ट्रेन्डिङ विषयहरू