काठमाडौँ ।
भारतको महाराष्ट्र राज्यका उपमुख्यमन्त्री अजीत पवारको विमान दुर्घटनामा परी निधन भएको छ । उनी सवार निजी विमान उनको गृहनगर बारामतीमा अवतरणका क्रममा दुर्घटनाग्रस्त भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
प्राप्त प्रारम्भिक जानकारीअनुसार, पवार मुम्बईबाट बारामतीका लागि निजी विमानमा यात्रा गरिरहेका थिए । बारामती विमानस्थलमा अवतरण गर्ने क्रममा विमान रनवेबाट चिप्लिएर दुर्घटनामा परेको थियो ।
हिन्दुस्तान टाइम्सका अनुसार विमानमा उपमुख्यमन्त्री पवारका साथै उनका निजी सहायक, सुरक्षाकर्मी र विमानका चालक दलका सदस्यहरू सवार थिए । दुर्घटनामा विमानमा सवार सबैको मृत्यु भएको बताइएको छ ।
दुर्घटनाको कारणबारे विस्तृत विवरण आउन बाँकी छ । सुरक्षा निकाय घटनास्थलमा पुगेर उद्धार तथा अनुसन्धानको कार्य सुरु गरिसकेको छ । यो घटनाले भारतीय राजनीतिमा ठूलो स्तब्धता छाएको छ ।