सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

Author

सजिलो पत्रिका

२०८३ साउन ०४, सोमबार

4
Share
Featured
  • सुनको मूल्य आज तोलामा ६ सय रुपैयाँ बढेर २ लाख ८४ हजार ६ सय पुगेको छ।
  • चाँदीको मूल्य पनि तोलामा ८० रुपैयाँ बढेर ४ हजार ३२० पुगेको छ।
  • आइतबारको तुलनामा आज सुन र चाँदी दुवैको मूल्य वृद्धि भएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौं । नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य बढेको छ ।

सुन तोलामा ६ सय रुपैयाँले बढेर आज प्रतितोला २ लाख ८४ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ ।

आइतबार भने सुनको मूल्य प्रतितोला २ लाख ८४ हजार रुपैयाँमा कायम भएको थियो ।

यसैगरी, चाँदीको मूल्य पनि बढेको छ । प्रतितोला ८० रुपैयाँले बढेर आज ४ हजार ३२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

आइतबार चाँदी प्रतितोला ४ हजार २४० रुपैयाँमा कारोबार भएको थियो ।

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...