भक्तपुरको गेष्ट हाउसमा १८ वर्षीया किशोरीको शंकास्पद मृत्यु

Author

सजिलो पत्रिका

२०८३ साउन ०४, सोमबार

4
Share
Featured
  • भक्तपुरको लुम्बिनी गेष्ट हाउसमा १८ वर्षीया सलिना श्रेष्ठ शंकास्पद अवस्थामा मृत फेला परेकी छन्।
  • घटनाको अनुसन्धानका लागि उनीसँग गएका चार जना साथीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
  • पोस्टमार्टम रिपोर्टपछि मृत्युको वास्तविक कारण खुल्ने प्रहरीले जनाएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौं । भक्तपुर नगरपालिका–१, दुधपाटीस्थित लुम्बिनी गेष्ट हाउसमा बसेकी १८ वर्षीया किशोरी सलिना श्रेष्ठको शंकास्पद मृत्यु भएको छ। दोलखाको भीमेश्वर नगरपालिका–९ घर भई हाल चाँगुनारायण–९, टेडोल बस्दै आएकी सलिना सोमबार बिहान मृत फेला परेकी हुन्।

प्रहरीका अनुसार सलिना आइतबार राति करिब १० बजे अन्य चार जना साथीहरूसँग गेष्ट हाउस पुगेकी थिइन्। उनीहरूले दुईवटा कोठा लिएर बसेका थिए। सोमबार बिहान करिब ३:३० बजे सलिना गेष्ट हाउसको पछाडिपट्टि भुइँमा लडिरहेको अवस्थामा फेला परेकी थिइन्। उनलाई तत्काल उद्धार गरी भक्तपुर अस्पताल लगिए पनि उपचारका क्रममा बिहान ३:५० बजे चिकित्सकले मृत घोषणा गरेका थिए।

गेष्ट हाउसका कर्मचारीका अनुसार उक्त समूहले कोठामा मदिरा सेवन गर्नुका साथै राति अबेरसम्म होहल्ला गरेका थिए। किशोरी गेष्ट हाउसको झ्यालबाट खसेकी हुन् वा अन्य कुनै कारणले उनको मृत्यु भएको हो भन्नेबारे प्रहरीले गम्भीर अनुसन्धान गरिरहेको छ।

घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर भक्तपुरले सलिनासँगै गेष्ट हाउस पुगेका दुई पुरुष र दुई महिलालाई नियन्त्रणमा लिएको छ। नियन्त्रणमा लिइएका सबै जना २३ वर्षभन्दा कम उमेरका रहेका छन्। उनीहरूसँग सोधपुछ भइरहेको प्रहरीले जनाएको छ।

मृतकको शव पोस्टमार्टमका लागि भक्तपुर अस्पतालमा राखिएको छ। पोस्टमार्टम रिपोर्ट आएपछि मृत्युको वास्तविक कारण खुल्ने प्रहरीको भनाइ छ।

यो समाचारमा

भक्तपुर नगरपालिकाभीमेश्वर नगरपालिकादोलखा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...