इरानका सर्वोच्च नेता खामेनीको निधनपछि तीन दिन सार्वजनिक श्रद्धाञ्जली कार्यक्रम

Author

सजिलो पत्रिका

२०८२ फागुन २१, बिहिबार

24
Share
Featured

काठमाडौँ

इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको निधनपछि तेहरानमा तीन दिनसम्म सार्वजनिक श्रद्धाञ्जली कार्यक्रम आयोजना गरिने भएको छ । इरानको इस्लामिक प्रचार परिषद्का प्रमुख हुज्जतोलइस्लाम महमुदीलाई उद्धृत गर्दै फ्रान्स २४ ले जनाएको छ कि श्रद्धाञ्जली कार्यक्रम तीन दिनसम्म सञ्चालन हुनेछ भने अन्तिम संस्कारको जुलुसबारे जानकारी पछि सार्वजनिक गरिनेछ ।

श्रद्धाञ्जली कार्यक्रम बुधबार राति तेहरानस्थित इमाम खोमेनी प्रार्थना हलमा सुरु गर्ने तयारी भए पनि कारण नखुलाइ स्थगित गरिएको राज्य सञ्चारमाध्यमले जनाएका छन् ।

यसैबीच, मुम्बईस्थित इरानी महावाणिज्य दूतावासले नयाँ नेतृत्वका सम्भावित उम्मेदवारबारे सञ्चारमाध्यममा आएका खबर अस्वीकार गरेको छ । दूतावासले ‘एक्स’ मार्फत इरानको एसेम्ब्ली अफ एक्सपट्र्सले कुनै उम्मेदवार छनोट नगरेको स्पष्ट पारेको छ ।

संयुक्त राज्य अमेरिकाइजरायलमाथि रूसको आरोप

रुसको विदेश मन्त्रालयले अमेरिका र इजरायललाई इरानविरुद्धको पछिल्लो सैन्य कारबाहीको पूर्ण जिम्मेवार ठहर गरेको छ । मन्त्रालयकी प्रवक्ता मारिया जाखारोभाले मध्यपूर्वमा सशस्त्र द्वन्द्वको दायरा विस्तार भइरहेको बताउँदै वासिङ्टन र तेल अवीव जिम्मेवार रहेको आरोप लगाएकी हुन् ।

उनले अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी लाई इरानमाथि भएका आक्रमणपछि सम्भावित विकिरण जोखिमको निष्पक्ष मूल्याङ्कन गर्न आग्रह गरिन् । साथै, युरोपेली आयोगकी अध्यक्ष उर्सुला भनडेर लेनको अभिव्यक्तिप्रति प्रश्न उठाउँदै निर्दोष नागरिक र बालबालिकाको मृत्युबारे गम्भीर चिन्ता व्यक्त गरिन् ।

यो समाचारमा

इजरायलइरानकाठमाडौँरूस
संयुक्त राज्य अमेरिका4 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भारतमा प्रश्नपत्र चुहावटविरुद्ध 'कक्रोच' आन्दोलन चर्कियो, संसद् भवन घेर्ने प्रयास

    काठमाडौं । भारतमा प्रश्नपत्र चुहावट र शिक्षा प्रणालीमा सुधारको माग गर्दै युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले उग्र रूप लिएको छ। सोमबार हजारौँ प्रदर्शनकारीहरू राजधानी नयाँदिल्लीको जन्तरमन्तरमा भेला भई संसद् भवनतर्फ मार्च गर्ने प्रयास गरेका छन्। संसद्को मनसुन अधिवेशन जारी रहेकाले प्रहरीले सुरक्षाको कारण देखाउँदै मार्चको अनुमति नदिएपछि दिल्लीको सुरक्षा व्यवस्था अत्यन्त

    Data is loading...

    Loading brands...

    Loading footer...