गायक–अभिनेता प्रशान्त तामाङको पार्थिव शरीर सिलिगुडी ल्याइयो

Author

सजिलो पत्रिका

२०८२ पुस २८, सोमबार

52
Share
Featured
  • दिल्लीमा निधन भएका गायक तथा अभिनेता प्रशान्त तामाङको पार्थिव शरीर सोमबार बिहान सिलिगुडीस्थित बागडोगरा विमानस्थल ल्याइयो र त्यहाँ विभिन्न व्यक्तित्वले श्रद्धाञ्जली अर्पण गरे।
  • पार्थिव शरीर दार्जिलिङ लगेर चौरास्तामा अन्तिम दर्शन गराइने र त्यसपछि परिवार तथा स्थानीयको उपस्थितिमा अन्त्येष्टि गरिनेछ।
  • पत्नी मार्था एली तामाङले मृत्यु प्राकृतिक भएको बताएकी छन् भने पोस्टमार्टम रिपोर्ट नआएसम्म आधिकारिक कारण खुल्ने छैन।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

दिल्लीमा निधन भएका चर्चित गायक तथा अभिनेता प्रशान्त तामाङको पार्थिव शरीर सोमबार बिहान सिलिगुडीस्थित बागडोगरा विमानस्थल ल्याइएको छ । विमानस्थलमा दार्जिलिङका भाजपाका सांसद राजु बिष्टसहित मनोरञ्जन क्षेत्रका विभिन्न व्यक्तित्वहरूले दिवंगत तामाङप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गरेका छन् ।

गोर्खा शहीद सेवा समितिका राष्ट्रिय अध्यक्ष एन्ड्र्यु गुरुङका अनुसार तामाङको पार्थिव शरीर विमानस्थलबाट दार्जिलिङ लगिनेछ । त्यहाँ चौरास्ता, दार्जिलिङमा सर्वसाधारण र प्रशंसकहरूका लागि अन्तिम दर्शनको व्यवस्था गरिनेछ । त्यसपछि परिवारजन र स्थानीय बासिन्दाको उपस्थितिमा अन्त्येष्टि गरिने कार्यक्रम छ ।

सांसद राजु बिष्टले तामाङको असामयिक निधनप्रति दुःख व्यक्त गर्दै भने, ‘प्रशान्त तामाङको योगदान अतुलनीय छ । उनले आफ्नो गायन र कलाकारितामार्फत सम्पूर्ण गोरखा समुदायलाई एकताबद्ध गरे । यो हाम्रो लागि ठूलो क्षति हो, कठिन घडीमा हामी उनको परिवारसँगै छौँ ।’

दार्जिलिङका स्थायी बासिन्दा तामाङको आइतबार दिल्लीस्थित निवासमै निधन भएको थियो । यस विषयमा दक्षिण–पश्चिम दिल्लीका एडीसीपी अभिमन्यु पोस्वालले जानकारी दिँदै भने, ‘आइतबार दिउँसो ३ः१० बजे माता चनन देवी अस्पतालबाट एमएलसी प्राप्त भएको थियो ।
अस्पतालमा प्रशान्त तामाङलाई ‘ब्रोउट डेड’ घोषणा गरिएको थियो । घटनास्थलमा अपराध अनुसन्धान टोली र एफएसएल टोलीले प्रमाण संकलन गरेको छ । मृत्युको कारण पुष्टि गर्न पोस्टमार्टमका लागि शव डीडीयू अस्पताल पठाइएको थियो ।’

उनका अनुसार, पोस्टमार्टम रिपोर्ट नआएसम्म कुनै पनि शंकास्पद कारणबारे निष्कर्ष निकाल्न कठिन रहेको छ । तामाङसँगै उनकी पत्नी र छोरी बस्दै आएका थिए र पत्नीले नै उनलाई अस्पताल पु-याएकी थिइन् ।

यसैबीच, तामाङकी पत्नी मार्था एली तामाङले निधनप्रति आएका शुभेच्छा र समवेदनाप्रति आभार व्यक्त गर्दै मृत्यु प्राकृतिक भएको स्पष्ट पारेकी छन् । ‘कुनै पनि शंकास्पद अवस्था थिएन । उनी सुतिरहेकै अवस्थामा हामीबाट बिदा भए । म त्यही बेला उनको छेउमै थिए’, उनले भनिन् ।
इन्डियन आइडल सिजन–३ का विजेता तामाङले संगीतमा उल्लेखनीय सफलता हासिल गर्नुका साथै अभिनय क्षेत्रमा पनि आफ्नो पहिचान बनाएका थिए ।

उनी ‘पाताल लोक सिजन २’मा देखिएका थिए भने सलमान खानको आगामी फिल्म ‘ब्याटल अफ गलवान’मा पनि देखिने अपेक्षा गरिएको थियो । उनको निधनले संगीत तथा मनोरञ्जन जगत मात्र होइन, समग्र गोरखा समुदायलाई शोकमा डुबाएको छ ।

यो समाचारमा

काठमाडौँप्रशान्त तामाङ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    नक्कली भुटानी शरणार्थी मुद्दामा पूर्वमन्त्री रायमाझीलाई चार वर्ष र खाणलाई दुई वर्ष कैद सजाय

    काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई चार वर्ष कैद सजाय तोकिएको छ । जिल्ला अदालत काठमाडौँले आज चार वर्ष कैद सजाय र ४० हजार रुपैयाँ जरिवाना तोकेको हो ।न्यायाधिश तेजबहादुर खड्काको इजलासले सुनाएको सजाय आदेशअनुसार पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई दुई वर्ष कैद सजाय र २० हजार रुपैयाँ जरिवाना

    Data is loading...

    Loading brands...

    Loading footer...