सीमा सुरक्षा बैठकमै बेहोस भए सशस्त्रका एसपी, उपचारको क्रममा गुम्यो ज्यान

Author

सजिलो पत्रिका

२०८२ माघ २४, शनिबार

25
Share
Featured

काठमाडौँ

मोरङको विराटचोकमा आयोजित नेपालभारत सीमा सुरक्षा समन्वय बैठकका क्रममा बेहोस भएर ढलेका सशस्त्र प्रहरी बलका प्रहरी उपरीक्षक (एसपी) राजेश घिमिरेको निधन भएको छ ।

नेपाल सशस्त्र प्रहरी बल र भारतको सीमा सुरक्षा बल (एसएसबी) का अधिकारीहरू सहभागी डीआईजी तहको समकक्ष बैठक चलिरहेका बेला शुक्रबार दिउँसो एसपी घिमिरे अचानक बेहोस भएर ढलेका थिए ।

बैठकस्थलमै अचेत भएका उनलाई तत्काल उपचारका लागि मोरङको बुढीगंगास्थित विराट शिक्षण अस्पताल (विराट मेडिकल कलेज) पु¥याइएको थियो । अस्पताल स्रोतका अनुसार उच्च रक्तचापका कारण उनी ढलेका थिए। बेहोस भएर ढल्ने क्रममा उनको जिब्रो काटिएको थियो ।

सशस्त्र प्रहरी बल नम्बर १ बराह वाहिनी पकली, सुनसरीका डीआईजी कुमार न्यौपानेका अनुसार सुरक्षा बैठककै क्रममा ढलेका उनको उपचारका लागि अस्पताल लगिए पनि चिकित्सकको प्रयास सफल हुन नसकेको हो ।

एसपी घिमिरे सशस्त्र प्रहरी बल नम्बर ३ वाहिनी गढीमाई मुख्यालय, मकवानपुरमा सरुवा भइसकेका थिए र शनिबार त्यता जाने तयारीमा रहेका थिए । तर मोरङबाट बिदा हुनुअघि नै उनको निधन भएको हो ।

यो समाचारमा

सशस्त्र प्रहरी बलमोरङभारतकाठमाडौँ
नेपाल4 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    जलवायु–स्मार्ट कृषिका लागि अन्तर्राष्ट्रिय सहयोग अपरिहार्य - मन्त्री चौधरी

    काठमाडौं । कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले नेपालमा जलवायु–स्मार्ट कृषि विस्तारका लागि अन्तर्राष्ट्रिय सहयोग आवश्यक रहेको बताएकी छन्। 'नेपाल कृषि खाद्य प्रणाली सुदृढीकरण परियोजना' को प्रारम्भ कार्यशालालाई सम्बोधन गर्दै मन्त्री चौधरीले कृषि क्षेत्रलाई आधुनिकीकरण र व्यवसायीकरण गर्न चीन सरकार, सिडका (CIDCA) र एफएओ (FAO) जस्ता साझेदारहरूको भूमिका महत्वपूर्ण हुने

    Data is loading...

    Loading brands...

    Loading footer...