पत्रकार एवं प्रजातान्त्रिक अभियन्ता होमनाथ दाहालको निधन

Author

सजिलो पत्रिका

२०८२ पुस २६, शनिबार

47
Share
Featured

काठमाडौँ

नेपालका प्रजातान्त्रिक आन्दोलनका अथक योद्धा, पत्रकार, विपि विचारका सच्चा अभियन्ता र नेपाल पत्रकार महासङ्घका पूर्व सभापति होमनाथ दाहालको ८४ वर्षको उमेरमा निधन भएको छ।

उनको निधन (हिजो) पुस २५ गते साँझ वीर अस्पताल मा उपचारार्थ पु-याइँदै गर्दा भएको हो।

केही समयदेखि अस्वस्थ रहेका दाहालको निधनले पत्रकारिता र लोकतान्त्रिक आन्दोलनमा ठूलो क्षति पुगेको छ ।

उनकी धर्मपत्नी सुधा दाहाल हाल वीर अस्पतालमै उपचाररत छन्। दाहालका दुई छोरा डा. सुधाम्शु दाहाल र हिमाम्सु दाहाल छन् ।

स्वर्गीय दाहालको पार्थिव शरीर शनिबार बिहान ९ बजेसम्म निजी निवास मैतीदेवीमा श्रद्धाञ्जली अर्पणका लागि राखिने र साढे ९ बजे पशुपति आर्यघाटमा दाह संस्कार गरिने बताइएको छ । सबैलाई उपस्थित हुने लागि जानकारी गराइएको छ।

होमनाथ दाहालको योगदान पत्रकारिता क्षेत्रमा मात्र नभई नेपालको प्रजातान्त्रिक आन्दोलन र समाजिक चेतनामा पनि सदा स्मरणीय रहनेछ ।

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    वैदेशिक रोजगार कसुरमा फरार दुई प्रतिवादी पक्राउ

    काठमाडौं । वैदेशिक रोजगारसम्बन्धी कसुर मुद्दामा फरार रहेका दुई जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा रूकुम मुसिकोटका ४७ वर्षीय रामचन्द्र खड्का र रूकुम पूर्व पुथा उत्तरगङ्गाका ४८ वर्षीय पूर्णबहादुर मल्ल रहेका छन्।खड्कालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ललितपुरको इमाडोलबाट पक्राउ गरेको हो। उनीविरुद्ध वैदेशिक रोजगार न्यायाधिकरणबाट गत

    Data is loading...

    Loading brands...

    Loading footer...