बागमती सरकारबाट बाहिरिँदै एमाले, ६ मन्त्रीले सोमबार सामूहिक राजीनामा दिने

Author

सजिलो पत्रिका

२०८३ साउन ०४, सोमबार

7
Share
Featured
  • बागमती प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिँदै नेकपा एमाले सरकारबाट बाहिरिने भएको छ।
  • सरकारलाई दिएको समर्थन एमालेले फिर्ता लिइसकेको छ।
  • एमालेको बहिर्गमनसँगै बागमती प्रदेशको सत्ता समीकरणमा नयाँ परिवर्तन आउने देखिएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौं । बागमती प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिँदै नेकपा एमाले सरकारबाट बाहिरिने भएको छ। यस विषयमा औपचारिक निर्णय गर्न र आगामी रणनीति तय गर्न आइतबार काठमाडौँमा एमाले बागमती प्रदेश संसदीय दलको बैठक बसिरहेको छ।

एमालेले शनिबार नै मुख्यमन्त्री इन्द्र बहादुर बानियाँलाई सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णयबारे जानकारी गराइसकेको छ। एमालेका ६ जना मन्त्रीहरूले सोमबार सामूहिक राजीनामा बुझाउने तयारी गरेका छन्। शनिबार सार्वजनिक बिदा परेको र अधिकांश मन्त्रीहरू हेटौँडाबाहिर रहेकाले राजीनामा बुझाउने कार्यक्रम सोमबारका लागि तय गरिएको हो।

राजीनामा दिने मन्त्रीहरूमा मधुसूदन पौडेल (कृषि, पशुपन्छी तथा वन वातावरण), डा. दिनेशचन्द्र देवकोटा (भौतिक पूर्वाधार), जयराम थापा (यातायात क्षेत्र), भरतबहादुर केसी (वन तथा वातावरण), किरण थापा (स्वास्थ्य) र बिन्दु श्रेष्ठ (उद्योग, पर्यटन, श्रम तथा यातायात) रहेका छन्।

मुख्यमन्त्री बानियाँले साउन १ गतेदेखि लागू हुने गरी १४ मन्त्रालयलाई घटाएर ८ वटामा झारेका थिए। मन्त्रालय खारेज भएपछि ती मन्त्रालयका मन्त्रीहरूलाई बाँकी रहेका मन्त्रालयमा विषयगत जिम्मेवारी दिएर गाभिएको थियो। यसले गर्दा एउटै मन्त्रालयमा तीन जनासम्म मन्त्री हुन पुगेका थिए, जसको 'जम्बो मन्त्रिमण्डल' भन्दै व्यापक आलोचना भइरहेको थियो।

यसअघि गत असार ३२ गते नै एमाले मन्त्रीहरूले राजीनामा बुझाउने तयारी गरेका थिए। राजीनामा पत्र बोकेर मन्त्रिपरिषद् बैठकमा पुगे पनि पार्टी केन्द्रको अन्तिम निर्देशन नआएपछि उनीहरू राजीनामा नदिई फर्किएका थिए। बागमती प्रदेशमा साउन २०८१ देखि नेपाली कांग्रेस र एमालेको संयुक्त सरकार सञ्चालनमा थियो। एमालेको बहिर्गमनसँगै बागमती प्रदेशको सत्ता समीकरणमा नयाँ फेरबदल आउने देखिएको छ।

यो समाचारमा

बागमती प्रदेशइन्द्र बहादुर बानियाँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...