
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ मा फोहोरमैला व्यवस्थापनलाई थप प्रभावकारी बनाउन 'एकद्वार प्रणाली' मार्फत सेवा शुल्क संकलन गर्ने नीति अघि सारेको छ। आइतबार आयोजित नगरसभाको १९औँ अधिवेशनमा कार्यवाहक प्रमुख सुनिता डंगोलले 'प्रदूषकले तिर्ने' सिद्धान्तका आधारमा शुल्क संकलन गरिने जानकारी दिइन्।महानगरले फोहोरमैला व्यवस्थापनसम्बन्धी सम्पूर्ण सूचना र विवरणलाई अनलाइन एपमार्फत...