साढे तीन वर्षको सहकार्य स्मरण गर्दै सुनिताले भनिन्– 'बालेनको काँधमा गहकिलो जिम्मेवारी छ'

Author

सजिलो पत्रिका

२०८२ चैत १३, शुक्रबार

17
Share
Featured
  • सुनिता डंगोलले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई प्रधानमन्त्री नियुक्त भएकोमा बधाई दिँदै केन्द्र सरकारसँग पूर्ण सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन्।
  • काठमाडौं महानगरमा सँगै काम गरेको अनुभव स्मरण गर्दै उनले बालेनप्रति युवाहरूको ठूलो आशा र भरोसा रहेको उल्लेख गरेकी छन्।
  • नयाँ सरकारले सुशासन, भ्रष्टाचार नियन्त्रण र विकासका जनअपेक्षा पूरा गर्ने विश्वास व्यक्त गर्दै सफल कार्यकालको कामना गरेकी छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

काठमाडौँ महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डंगोलले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई बधाई दिँदै आगामी दिनमा महानगरपालिकाले केन्द्र सरकारसँग पूर्ण सहकार्य गर्ने प्रतिबद्धता जनाएकी छन्।

२०८२ फागुन २१ को निर्वाचनबाट झन्डै दुई-तिहाइ बहुमतसहित ठूलो दल बनेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन प्रधानमन्त्री नियुक्त भएपछि डंगोलले खुसी व्यक्त गरेकी हुन्। काठमाडौं महानगरमा मेयर र उपमेयरका रूपमा बालेनसँग साढे तीन वर्ष सँगै काम गरेको अनुभव स्मरण गर्दै उनले बालेनको काँधमा युवाहरूको अभूतपूर्व आशा र भरोसाको गहकिलो जिम्मेवारी रहेको उल्लेख गरिन्।

"आगामी दिनमा काठमाडौं महानगरपालिका केन्द्रीय सरकारसँग सहकार्य गर्दै अघि बढ्न तयार छ," डंगोलले भनिन्, "मलाई आशा छ, राष्ट्र र जनतामा जागेको आशाको दियो ननिभ्ने गरी तपाईँको नेतृत्वको सरकारले उत्तरदायी भएर काम गर्नेछ।" उनले नयाँ मन्त्रिमण्डलले सुशासन कायम गर्ने, भ्रष्टाचार नियन्त्रण गर्ने र विकासको जनचाहना पूरा गर्ने कार्यमा सफलता पाउने विश्वास समेत व्यक्त गरेकी छन्।


यो समाचारमा

काठमाडौँ महानगरपालिकाबालेन्द्र शाह (बालेन)काठमाडौँसुनिता डंगोल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    Data is loading...

    Loading brands...

    Loading footer...