‘होल्डिङ सेन्टर’का चौध बालबालिकालाई आवासीय सुविधासहित निःशुल्क अध्ययनको व्यवस्था

Author

सजिलो पत्रिका

२०८३ जेठ ०२, शनिबार

19
Share
Featured

काठमाडौँकाठमाडौँ महानगरपालिकाले राधास्वामी सत्सङ्ग व्यास आश्रम ‘होल्डिङ सेन्टर’मा रहेका १४ जना बालबालिकालाई आवासीय (होस्टेल) सुविधासहित निःशुल्क अध्ययनको व्यवस्था गरेको छ । 

यसका लागि महानगरले यहाँका विभिन्न विद्यालय र अभिभावकबीच सम्झौता गरी बालबालिकालाई कक्षा १० सम्म निःशुल्क आवासीय सुविधा र अध्ययनको प्रबन्ध गरेको हो । विद्यार्थीहरूको निःशुल्क आवासीय अध्ययनका विषयमा विभिन्न चार प्रस्तावमा निर्णय गरिएको र विद्यार्थीहरू आइतबारदेखि नियमित विद्यालय जाने महानगरका कार्यवाहक प्रमुख सुनिता डंगोलले जानकारी दिइन्।

उनले भनिन्, ‘पढ्न पाउने बालबालिकाको नैसर्गिक अधिकार सुरक्षित गर्ने दायित्व हामी सबैको हो । त्यसका लागि अविचलित रूपमा काम गरिरहेका छौँ । यो शैक्षिक क्रियाकलाप मात्र होइन, मानवीय सेवा पनि हो । यो सेवाप्रति हामी प्रतिबद्ध छौँ ।’

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) जिल्ला कार्यसमितिका अध्यक्ष गगनसिंह ऐरले बालबालिकाले देखेको सपना पूरा गर्न आफूहरूले सहयोग गरेको बताए। राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन (एनप्याब्सन) महानगर समितिका अध्यक्ष नवराज पाण्डेले महानगरको समन्वयमा बालबालिकालाई उच्चस्तरीय शैक्षिक कार्यक्रम उपलब्ध गराउने सहमति भएको जानकारी दिए । 

उक्त होल्डिङ सेन्टरमा ६१ जना बालबालिकाको नाम दर्ता भएको थियो । शिक्षा विभागका अनुसार नाम दर्ता गरेका केही बालबालिका अभिभावकसँग भाडाको घरमा बस्न गएका छन् । 

हाल प्याब्सनअन्तर्गतका १० र एनप्याब्सनअन्तर्गतका तीन विद्यालयसँग सम्झौता गरिएको जनाइएको छ । प्याब्सनअन्तर्गतका एन्जल हर्ट स्कुल मनमैजु, गेटवे एकेडेमी पेप्सीकोला, भ्याली पब्लिक स्कुल कपन बूढानीलकण्ठ, नेक्सस इन्टरनेसनल स्कुल पेप्सीकोला, इनोभेटिभ स्कुल शङ्खमूल, हेम्स स्कुल कालोपुल, केएमसी शङ्खमूल, केभिसी नागार्जुन, भेनस पब्लिक स्कुल जोरपाटी र सुप्रिम इन्टरनेसनल स्कुल चावहिल रहेका छन् । 

एनप्याब्सनअन्तर्गतका प्रोग्रेसिभ सेकेन्डरी स्कुल चावहिल, नेरिक एकेडेमी, बानेश्वर बुद्धनगर र नेसनल आइडल बोर्डिङ स्कुल मन्डिकाटारसँग सम्झौता भएको हो ।  

यसरी बालबालिकालाई निःशुल्क पढ्ने अवसर प्राप्त गरेकामा अभिभावकहरुले खुसी व्यक्त गरेका छन् ।

यो समाचारमा

काठमाडौँ महानगरपालिकाकाठमाडौँसुनिता डंगोल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भारतमा प्रश्नपत्र चुहावटविरुद्ध 'कक्रोच' आन्दोलन चर्कियो, संसद् भवन घेर्ने प्रयास

    काठमाडौं । भारतमा प्रश्नपत्र चुहावट र शिक्षा प्रणालीमा सुधारको माग गर्दै युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले उग्र रूप लिएको छ। सोमबार हजारौँ प्रदर्शनकारीहरू राजधानी नयाँदिल्लीको जन्तरमन्तरमा भेला भई संसद् भवनतर्फ मार्च गर्ने प्रयास गरेका छन्। संसद्को मनसुन अधिवेशन जारी रहेकाले प्रहरीले सुरक्षाको कारण देखाउँदै मार्चको अनुमति नदिएपछि दिल्लीको सुरक्षा व्यवस्था अत्यन्त

    Data is loading...

    Loading brands...

    Loading footer...