इन्धन बचतका लागि काठमाडौँ महानगरपालिकाद्वारा ‘कार पुलिङ’ प्रणाली लागू

Author

सजिलो पत्रिका

२०८२ चैत २९, आइतबार

11
Share
Featured

काठमाडौँ

काठमाडौँ महानगरपालिका
ले इन्धन खपत घटाउने र खर्च कटौती गर्ने उद्देश्यसहित ‘कार पुलिङ’ (सवारी साधन बाँडेर प्रयोग गर्ने) प्रणाली कार्यान्वयनमा ल्याएको छ। महानगरले आफ्ना अधिकारीहरूका लागि यो व्यवस्था लागू गरेको हो।

कार्यवाहक प्रमुख सुनिता डंगोलका अनुसार विश्वव्यापी रूपमा देखिएको इन्धन अभाव र त्यसबाट पर्न सक्ने दीर्घकालीन असरलाई ध्यानमा राख्दै यस्तो निर्णय गरिएको हो। उनले अहिलेको अवस्थामा सवारी साधनको अत्यधिक प्रयोग गर्दा अत्यावश्यक सेवाका लागि समेत इन्धन अभाव हुन सक्ने भएकाले यसको नियन्त्रण आवश्यक रहेको बताइन्।

महानगरपालिकाले यसअघि नै कार्यपालिका बैठकबाट इन्धन कोटामा कटौती गर्ने निर्णय गरिसकेको थियो। सोही निर्णयलाई प्रभावकारी बनाउन ‘कार पुलिङ’ प्रणाली लागू गरिएको जनाइएको छ।

यस प्रणाली अन्तर्गत एउटै क्षेत्र वा रुटबाट कार्यालय आउने–जाने कर्मचारी तथा अधिकारीहरूलाई समूहमा विभाजन गरिएको छ। अब ती समूहका सदस्यहरूले आलोपालो रूपमा एउटै सवारी साधन प्रयोग गर्नेछन् र एकअर्कालाई कार्यालयसम्म ल्याउने–पुर्‍याउने व्यवस्था मिलाइएको छ।

महानगरका अनुसार यो व्यवस्था लागू भएपछि सडकमा गुड्ने सवारी साधनको सङ्ख्या घट्ने र इन्धनको खपतमा उल्लेखनीय कमी आउने अपेक्षा गरिएको छ। साथै, यसले वातावरणीय प्रभावसमेत सकारात्मक हुने विश्वास गरिएको छ।

यो समाचारमा

काठमाडौँ महानगरपालिकाकाठमाडौँसुनिता डंगोल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    शासकीय सुधारलाई निरन्तरता दिइने सचिव बैठकको निर्णय

    काठमाडौं । सरकारका सचिवहरुको बैठकले शासकीय सुधारको एकसय कार्यसूचीअन्तर्गत सम्पन्न भएका सुशासन प्रवद्र्धन, सेवाप्रवाह सुधार र निर्णय प्रक्रिया सरलीकरणलगायत क्षेत्रमा भएका असल अभ्यासलाई निरन्तता दिने निर्णय गरेको छ ।मुख्यसचिव गोविन्दबहादुर कार्कीको अध्यक्षतामा आज भएको सचिव बैठकले कार्यसूचीमा उल्लेखित बुँदा कार्यान्वयनका लागि गठित कार्यदल र समितिबाट प्राप्त सुझाव कार्यान्वयन गर्ने र

    Data is loading...

    Loading brands...

    Loading footer...