सामुदायिक भवन निर्माणमा महानगरको साथ रहन्छ- सुनिता डंगोल

Author

सजिलो पत्रिका

२०८२ फागुन ०५, मङ्गलबार

14
Share
Featured
  • सुनिता डंगोलले काठमाडौँ महानगरपालिकाअन्तर्गतका विभिन्न चालू तथा सम्पन्न सामुदायिक भवन योजनाहरूको स्थलगत अनुगमन गरिन्।
  • उनले सामुदायिक भवनहरूले स्थानीय संस्कृति, आस्था र जीवनशैली संरक्षणमा महत्वपूर्ण योगदान दिने बताउँदै स्थानीय सक्रियताले महानगरलाई थप जिम्मेवार बनाएको उल्लेख गरिन्।
  • आवश्यक परे अस्थायी संरचना निर्माणमा समेत महानगर सकारात्मक रहने र पूर्वाधार विकासका कामलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरिन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले मंगलबार महानगरका विभिन्न चालू तथा सम्पन्न योजनाहरूको अनुगमन गरेकी छन्। अनुगमन टोलीले बौद्धस्थित हुम्ला लिमि सामुदायिक भवन, रामहिटीको बुद्ध समाज केन्द्र र कर्म रोङ विकास समाजको भवनको निरीक्षण गरेको हो।

अनुगमनका क्रममा डंगोलले यस्ता सामुदायिक भवनहरूले स्थानीय गाउँ-ठाउँको रहनसहन, संस्कृति र आस्थाको संरक्षणमा महत्वपूर्ण भूमिका खेल्ने बताइन्। उनले स्थानीय बासिन्दाको सक्रियता र बजेट माग गर्ने प्रवृत्तिले महानगरलाई थप जिम्मेवार बनाउन मद्दत पुगेको उल्लेख गरिन्।

आवश्यक परेको खण्डमा अस्थायी संरचना निर्माणमा पनि महानगर सकारात्मक रहेको बताउँदै उनले यस्ता पूर्वाधार विकासका कामलाई निरन्तरता दिने प्रतिबद्धता जनाइन्। अनुगमनमा महानगरका प्राविधिक तथा सम्बन्धित क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

यो समाचारमा

काठमाडौँ महानगरपालिकासुनिता डंगोलकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...