कान्समा नेपाली चलचित्रको ऐतिहासिक उपस्थिति, हाकु पटासीमा सुनिता डंगोल

Author

सजिलो पत्रिका

२०८३ जेठ ०९, शनिबार

23
Share
Featured

काठमाडौँ

काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले कान्स फिल्म फेस्टिभलमा नेपाली चलचित्रको सहभागिता र सफलता देशको सिर्जनशील क्षेत्रका लागि ऐतिहासिक उपलब्धि भएको बताएकी छन्। फ्रान्सबाट फर्किएपछि विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले यो उपलब्धि नेपाली फिल्म उद्योगका लागि कोसेढुङ्गा भएको उल्लेख गरिन्।

डंगोलले यसपटक कान्स फिल्म फेस्टिभलमा नेपाली फिल्म ‘अन सर्टेन रिगार्ड’ विधामा छनोट हुनु गर्वको विषय भएको बताइन्। साथै, निर्देशक अविनाशविक्रम शाहको फिल्म ‘एलिफेन्ट्स इन द फग’ ले जुरी प्राइज जित्नु नेपाली सिनेमाका लागि ठूलो सफलता भएको भन्दै बधाई दिइन्।

उनले रेड कार्पेटमा नेपालको मौलिक पहिचान झल्कने ‘हाकु पटासी’ र परम्परागत गरगहना लगाएर सहभागिता जनाएकी थिइन्। महानगरले आगामी दिनमा काठमाडौं फिल्म फेस्टिभललाई अन्तर्राष्ट्रियस्तरमा लैजाने तयारी गरिरहेको पनि उनले जानकारी दिइन्।

यो समाचारमा

फ्रान्सकाठमाडौँ महानगरपालिकासुनिता डंगोलकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    बेलायतको क्याम्ब्रिजमा नेपाली काव्य यात्रा

    लन्डन । बेलायतको क्याम्ब्रिज सहरमा नेपाली काव्य यात्रा सम्पन्न भएको छ ।  बेलायतको समकालीन साहित्य प्रतिष्ठानको आयोजनामा क्याम्ब्रिजको ऐतिहासिक ‘पार्कर्स पिस’मा भएको उक्त यात्रामा लन्डन र क्याम्ब्रिजमा बसोबास गर्दै आएका साहित्यकारहरु सहभागी थिए ।त्यस अवसरमा साहित्यकारहरु कृष्ण उपाध्याय, पोषेन्द्र सत्याल, लता गौतम, योगराज ढकाल, केशव पुडासैनी, चन्द्रमणि गौतम र कृष्ण

    Data is loading...

    Loading brands...

    Loading footer...