एसईई नतिजा सुधार्न काठमाडौँ महानगरको विशेष कक्षा सुरु

Author

सजिलो पत्रिका

२०८२ फागुन १२, मङ्गलबार

25
Share
Featured
  • काठमाडौँ महानगरपालिकाको शिक्षा विभागले एसईई नतिजा सुधारका लागि ५०% भन्दा कम उत्तीर्णदर भएका ११ सामुदायिक विद्यालयमा विशेष कक्षा सुरु गरेको छ।
  • पहिलो चरणमा गीतामाता, कोटेश्वर सरस्वती, जुद्धोदय, पद्मकन्या, परोपकार र गुहेश्वरी बाल शिक्षा माविका ५२३ विद्यार्थी सहभागी छन्; बाँकी ५ विद्यालयमा चैत ३ गतेदेखि कक्षा सुरु हुनेछ।
  • कार्यवाहक प्रमुख सुनिता डंगोलले आत्मविश्वास र उत्तर लेख्ने शैली सुधारमा जोड दिएकी छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

काठमाडौँ महानगरपालिकाको शिक्षा विभागले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सुधार गर्न ११ वटा सामुदायिक विद्यालयमा विशेष कक्षा सञ्चालन सुरु गरेको छ। विगतका वर्षहरूमा ५० प्रतिशतभन्दा कम विद्यार्थी उत्तीर्ण भएका विद्यालयहरूलाई लक्षित गरी यो कार्यक्रम ल्याइएको हो।

पहिलो चरणमा गीतामाता, कोटेश्वर सरस्वती, जुद्धोदय, पद्मकन्या, परोपकार र गुहेश्वरी बाल शिक्षा माध्यमिक विद्यालयका ५२३ विद्यार्थीका लागि कक्षा सुरु गरिएको छ। बाँकी ५ विद्यालयमा आगामी चैत ३ गतेदेखि कक्षा सञ्चालन हुनेछ। कुल ६२७ विद्यार्थीलाई विषय विज्ञ, स्रोत शिक्षक र सेवा निवृत्त शिक्षकहरूले प्रशिक्षण दिनेछन्।

गीतामाता माविमा आयोजित कार्यक्रममा कार्यवाहक प्रमुख सुनिता डंगोलले विद्यार्थीहरूलाई आत्मविश्वासका साथ परीक्षामा सहभागी हुन र उत्तर लेख्ने शैली सुधार्न प्रोत्साहन गरिन्। महानगरले सामुदायिक विद्यालयको उत्तीर्ण प्रतिशत वृद्धि गर्ने र विद्यार्थीमा रहेको परीक्षाको डर हटाउने उद्देश्यले यो विशेष कक्षा सञ्चालन गरेको हो।

यो समाचारमा

काठमाडौँकाठमाडौँ महानगरपालिकासुनिता डंगोल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    पछिल्लो २४ घण्टामा सवारी दुर्घटनामा ६ जनाको मृत्यु, १२३ घाइते

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रदेशमा भएका सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ भने १२३ जना घाइते भएका छन्।प्रहरीको तथ्याङ्कअनुसार गण्डकी प्रदेशमा सबैभन्दा बढी २ जनाको मृत्यु भएको छ। यस्तै लुम्बिनी, मधेस, बागमती प्रदेश र काठमाडौँ उपत्यकामा १-१ जनाले ज्यान गुमाएका छन्।दुर्घटनामा घाइते हुनेहरूको सङ्ख्या पनि उल्लेख्य

    Data is loading...

    Loading brands...

    Loading footer...