
काठमाडौँ।मुस्ताङ जोड्ने बेनी–जोमसोम–कोरला सडकअन्तर्गत म्याग्दीको रघुगंगा गाउँपालिका–२ माथिल्लो बैसरी (सिरुवारी) मा पहिरो खसेपछि आज बिहानैदेखि यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ। ७६ किलोमिटर दूरीको यो सडकखण्डमा पहिरोका कारण सिधा यातायात सम्पर्क विच्छेद भएको हो।जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक सागर तिमिल्सिनाका अनुसार सडक विभाग र बेनी–जोमसोम–कोरला सडक योजनासँग समन्वय गरी...