पृथ्वीराजमार्गको बाँदरेमोड खुल्यो, मुग्लिन-नारायणगढको तुइनखोला अझै अवरुद्ध

Author

सजिलो पत्रिका

२०८२ असोज ०९, बिहिबार

19
Share
Featured
  • पृथ्वीराजमार्गको धादिङस्थित बाँदरेमोडमा खसेको पहिरो पन्छाएर सडक बिहानदेखि खुलेको छ, तर जोखिम कायमै रहेकाले सावधानी अपनाउन आग्रह गरिएको छ।
  • धादिङकै ठूलोखोला र चितवनको तुइनखोलामा पहिरोका कारण सडक अझै अवरुद्ध छ, जसले यात्रुलाई सास्ती दिइरहेको छ।
  • प्रहरी प्रशासनले वैकल्पिक मार्गहरू (जस्तै जुटपानी–मायाटार–मलेखु, त्रिभुवन राजपथ, कान्ति लोकपथ, बुटवल हुँदै पोखरा जाने बाटो) प्रयोग गर्न सुझाव दिएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

पृथ्वीराजमार्ग अन्तर्गत धादिङको बेनीघाट नजिकै बाँदरेमोडमा खसेको पहिरो पन्छाएर आज बिहानदेखि सडक खुलेको छ। हिजो बेलुकीदेखि अवरुद्ध सडक रातभरको प्रयासपछि दुईतर्फी सञ्चालनमा आएको धादिङ प्रहरीले जनाएको छ। यद्यपि, पहिरोको जोखिम कायमै रहेकाले सावधानी अपनाउन आग्रह गरिएको छ।

यसैगरी, धादिङकै धार्के–सितापाइला सडकखण्ड अन्तर्गत ठूलोखोलामा पनि पहिरोका कारण सडक अवरुद्ध भएको छ।उता, मुग्लिन–नारायणगढ सडकखण्ड अन्तर्गत तुइनखोलामा अस्ति मंगलबारदेखि बन्द भएको सडक अझै खुल्न सकेको छैन। ठूलो पहिरो खसेका कारण पन्छाउने काम भैरहे पनि कठिनाइ भइरहेको चितवन प्रहरीले जनाएको छ। तुइनखोलामा पटकपटक पहिरो खस्दा यात्रुले सास्ती खेप्दै आएका छन्।

प्रहरीले सडक खुलाउन समय लाग्ने र खुले पनि जोखिम कायमै रहने भएकाले वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरेको छ। महोत्तरीको बर्दिवास, मकवानपुरको हेटौंडा, रुपन्देहीको बुटवल, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को कावासोती र गैंडाकोट, धादिङको नौबिसे तथा तनहुँको खैरेनीटारबाट वैकल्पिक मार्ग प्रयोग गर्न सकिनेछ।

चितवनबाट काठमाडौँ आउजाउ गर्न साना गाडीले जुटपानी, शक्तिखोर, मायाटार हुँदै मलेखु निस्कने वैकल्पिक सडक प्रयोग गर्न सक्छन्। ठूला गाडीका लागि त्रिभुवन राजपथ र कान्ति लोकपथ विकल्पका रूपमा रहेका छन्।

चितवनबाट पोखरा जानका लागि बुटवल हुँदै जान सकिनेछ भने साना गाडीले कालीगण्डकी करिडोरको बाटो गैंडाकोट भिमाद हुँदै तनहुँ निस्कन सक्छन्। तर, यी वैकल्पिक सडक साँघुरा र धेरै ठाउँमा कच्ची भएकाले जामको समस्या हुने गरेको छ। 

यो समाचारमा

पोखराधादिङतनहुँमहोत्तरी
काठमाडौँ9 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    पहिरो र लेदो हटाएपछि बीपी राजमार्ग पुनः सञ्चालनमा

    काठमाडौं । काभ्रेको रोशी गाउँपालिका–९ पिन्थलीस्थित विरुवाडाँडा र आसपासका क्षेत्रमा खसेको पहिरो तथा लेदो हटाएपछि अवरुद्ध बीपी राजमार्ग पुनः सञ्चालनमा आएको छ। शुक्रबार रातिको वर्षाका कारण सडकमा लेदो र सुख्खा पहिरो खस्दा राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको थियो।जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार सडकमा थुप्रिएको अवरोध हटाएपछि केहीबेरअघि मात्रै यातायात सुचारु

    Data is loading...

    Loading brands...

    Loading footer...