बाढी–पहिरोले अवरुद्ध राजमार्गको अवस्था के छ ? कुन–कुन खुले, कुन छन् बाँकी ?

Author

सजिलो पत्रिका

२०८२ असोज ०९, बिहिबार ०९:३५

9
Share
Featured
  • बाढी–पहिरोका कारण अवरुद्ध सडक खुलाउने काम जारी छ; पृथ्वी राजमार्ग अन्तर्गत नौबिसे–मुग्लिन र नागढुङ्गा–मुग्लिङ सडकखण्ड सञ्चालनमा आएका छन्।
  • मुग्लिन–नारायणगढ सडकखण्ड तुइनखोलामा अझै पूर्ण रूपमा अवरुद्ध छ, र पहिरो पन्छाउने काम कम्तिमा दुई दिन लाग्ने अनुमान गरिएको छ।
  • शहिदमार्गमा भने यातायात सहज रूपमा सञ्चालन भइरहेको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ।

बाढी–पहिरोका कारण अवरुद्ध सडक खुलाउने क्रम जारी छ । पहिरोका कारणले अवरुद्ध भएका केही सडक सञ्चालनमा आइसकेका छन् । तर अझै पनि केही सडक खुल्न सकेका छैनन् । पृथ्वी राजमार्ग अन्तर्गत नौबिसे–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ ।

पृथ्वी राजमार्गको घोप्टेभिर र जवाङ खोला पहिरो हटाई यातायात सुचारु गरेको नागढुङ्गा मुग्लिङ सडक योजनाले जानकारी दिएको हो ।  गएराति जवाङखोला लगायतका स्थानमा पहिरो खसेपछि  पृथ्वी राजमार्ग ठप्प भएको थियो । 

त्यस्तै काठमाडौँ उपत्यकालाई देशका विभिन्न स्थानसँग जोड्ने मुख्य सडक मुग्लिन–नारायणगढ सडकखण्ड पूर्ण रुपमा अवरुद्ध छ । तुइन खोलामा आज पनि पहिरो पन्छाउने क्रम जारी नै रहेको सड्क विभाका प्रवक्ता प्रभात झा ले जानकारी दिएका छन् । हिजो साँझ पानी परेकाले पहिरो पन्छाउने काम रोकिएपनि आज बिहानैबाट पहिरो पन्छाउने काम सुरु भइसकेको उनले जानकारी दिएका छन् । 

बुधबार राती ठुलो पानी परे पनी थप पहिरो झरेको छैन् । तर  पहिरो पन्छाएर बाटो खुलाउन कम्तिमा दुई दिन लाग्न सक्ने अनुमान गरिएको  छ । त्यस्तै शहिदमार्गमा भने सहज रुपमा यातायात संचालन भइरहेको छ ।

यो समाचारमा

काठमाडौँकाठमाडौँ

ट्यागहरू

#सडक अवरुद्ध#सञ्चालन#पहिरो#पृथ्वी राजमार्ग#बाढी#मुग्लिन-नारायणगढ सडकखण्ड

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    sajilo patrika

    रुकुमपूर्व केन्द्रविन्दु भएर ५.० म्याग्निच्युडको भूकम्प

    श्रीलंकाको पाँचदिने राजनीतिक भ्रमण सकेर प्रचण्ड स्वदेश फर्किए

    कारबाहीमा परेका व्यक्तिको भविष्यको योग्यता ऐनमै प्रष्ट हुनुपर्छ- कार्यकारी निर्देशक रावल

    जलविद्युत् आयोजनाको वर्गीकरण गर्दै प्राधिकरण

    भर्खरै

    News Image

    जेनजी आन्दोलनका शहीद परिवार र घाइतेका लागि सरकारको विशेष प्याकेज

    News Image

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    News Image

    रुकुमपूर्व केन्द्रविन्दु भएर ५.० म्याग्निच्युडको भूकम्प

    News Image

    'राजनीतिक स्वार्थअनुसार वैदेशिक रोजगारीको व्याख्या गरियो' - केपी ओली

    ट्रेन्डिङ

    आगामी इभेन्ट्सहरू

    लोड भइरहेको छ...

    Data is loading...

    Loading brands...

    Loading footer...
    • नेपाली टाइपिङ
    sajilopatrikasajilopatrika
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    पात्रो शेयर मार्केट
    • नेपाली टाइपिङ
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    Directory
    Shorts
    Incident

    Loading menu...

    ट्रेन्डिङ विषयहरू