मुग्लिन-नारायणगढ सडकखण्डको तुइन खोलामा पुनः पहिरो, सडक अवरुद्ध हुँदा यात्रु अलपत्र

Author

सजिलो पत्रिका

२०८२ असोज १३, सोमबार

15
Share
Featured
  • मुग्लिन–नारायणगढ सडकखण्डको तुइन खोला पुल नजिक आज दिउँसो पहिरो खस्दा दुईतर्फी आवागमन पूर्ण रूपमा बन्द भएको छ।
  • यसै स्थानमा गत बिहीबार पनि पहिरो खसेको थियो, जसलाई हटाउन ४५ घण्टा लागेको थियो।
  • दसैंको बेला पुनः सडक अवरुद्ध हुँदा घर फर्किने यात्रुहरू अलपत्र परेका छन् र सडकमा सवारी साधनको लामो लाइन लागेको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

मुग्लिन-नारायणगढ सडकखण्डको तुइन खोला पुल नजिकै पुनः पहिरो खसेर सडक अवरुद्ध भएको छ। आज दिउँसो १२ बजेदेखि सो स्थानमा दुईतर्फी आवागमन पूर्ण रूपमा बन्द भएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ।

कार्यालयका अनुसार, पहिरो झर्ने क्रम जारी रहेकाले पहिरो रोकिएपछि मात्र डिभिजनबाट तैनाथ अवस्थामा रहेको उपकरणले तत्काल पहिरो हटाउन थालिनेछ।

गत बिहीबार पनि यही ठाउँमा पहिरो खसेको थियो, जसलाई ४५ घण्टा लगाएर पन्छाएपछि मात्र दुईतर्फी आवतजावत सुचारु भएको थियो। तर, दसैंको मुखमा पुनः पहिरो खस्दा घर जाने यात्रुहरू अलपत्र परेका छन्।

सडक अवरुद्ध भएसँगै मुग्लिन सडकखण्डमा सवारी साधनहरूको लामो लाइन लाग्न थालेको छ, जसले गर्दा दसैं मनाउन घर हिँडेका यात्रुहरू थप समस्यामा परेका छन्।

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    ‘जुलाई’मा औसतभन्दा कम वर्षा

    काठमाडौं । जल तथा मौसम विज्ञान विभागले ‘जुलाई’ महिनामा  देशभर औसतभन्दा कम वर्षा मापन भएको जनाएको छ ।जुलाई महिनामा औसत ५५८.८ मिलिमिटर वर्षा हुनुपर्नेमा हालसम्म ३०४.३० मिलिमिटर भएको छ । विभागका अनुसार पछिल्लो २४ घण्टामा देशका ४१४ वर्षा मापन केन्द्रमध्ये ३७२ केन्द्रमा वर्षा भएको छ ।सो अवधिमा नेपालभर औसत ११।७

    Data is loading...

    Loading brands...

    Loading footer...