दाउन्ने सडक खण्ड दुई महिना एकतर्फी, यात्रुलाई सास्ती

Author

सजिलो पत्रिका

२०८२ कात्तिक १८, मङ्गलबार

27
Share
Featured
  • नवलपरासीको दाउन्ने सडक खण्ड आगामी दुई महिनासम्म एकतर्फी सञ्चालन हुने भएको छ, कल्भर्ट निर्माणका कारण पुस १५ गतेसम्म यो व्यवस्था रहनेछ।
  • दुईतर्फी सवारी सञ्चालनले काम प्रभावित हुने भएकाले सडक एकतर्फी गरिएको र यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न प्रहरीद्वारा आग्रह गरिएको छ।
  • वर्षा र निर्माण ढिलाइका कारण दाउन्ने खण्डमा यातायात अवरोध र जामको समस्या बढ्दै आएको छ, जसले यात्रुलाई निरन्तर सास्ती दिएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

पूर्व-पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको दाउन्ने सडक खण्ड आगामी दुई महिनासम्म एकतर्फी रूपमा सञ्चालन हुने भएको छ। नारायणघाट-बुटवल सडक विस्तार परियोजनाअन्तर्गत कल्भर्ट निर्माण गर्नुपर्ने भएकाले पुस १५ गतेसम्मका लागि सडक एकतर्फी गरिएको हो।

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रमुख प्रहरी उपरीक्षक युवराज खड्काका अनुसार, कल्भर्ट निर्माण कार्य तीव्र गतिमा भइरहेको र दुईतर्फी सवारी सञ्चालन गर्दा काम प्रभावित हुने भएकाले यो निर्णय गरिएको हो।

दाउन्ने खण्डमा विगत केही दिनदेखि वर्षाका कारण सडक चिप्लो र हिलो हुँदा सवारी आवागमनमा समस्या हुँदै आएको थियो। यसले गर्दा उकालोमा सवारी उक्लिन नसकेर जामको समस्या बढेको थियो।

प्रहरी उपरीक्षक खड्काले यात्रुहरूलाई सडकको अवस्था बुझेर मात्र यात्रा गर्न र अवरोध भएका खण्डमा वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरेका छन्। वैकल्पिक मार्गका रूपमा नारायणगढ-मुग्लिङ,पोखरा,स्याङग्जा,पाल्पा-बुटवल वा गैँडाकोट कालीगण्डकी चोक-रामपुर-पीपलडाँडा-पाल्पा-बुटवल प्रयोग गर्न सकिनेछ। मोटरसाइकल तथा साना चारपाङ्ग्रे सवारीले दुम्किबास-डाँडाजोर-डमार हुँदै भुताहाको मार्ग प्रयोग गर्न सक्नेछन्।

नारायणगढ–बुटवल सडक विस्तारको काम सुरु भएदेखि नै दाउन्ने खण्डको यात्रा कष्टकर बन्दै आएको छ। पहाड काट्ने, नाला तथा कल्भर्ट निर्माणमा ढिलासुस्ती हुँदा यात्रुले निरन्तर सास्ती खेप्दै आएका छन्।

यो समाचारमा

काठमाडौँपोखरास्याङग्जापाल्पा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    पहिरो र लेदो हटाएपछि बीपी राजमार्ग पुनः सञ्चालनमा

    काठमाडौं । काभ्रेको रोशी गाउँपालिका–९ पिन्थलीस्थित विरुवाडाँडा र आसपासका क्षेत्रमा खसेको पहिरो तथा लेदो हटाएपछि अवरुद्ध बीपी राजमार्ग पुनः सञ्चालनमा आएको छ। शुक्रबार रातिको वर्षाका कारण सडकमा लेदो र सुख्खा पहिरो खस्दा राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको थियो।जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार सडकमा थुप्रिएको अवरोध हटाएपछि केहीबेरअघि मात्रै यातायात सुचारु

    Data is loading...

    Loading brands...

    Loading footer...