बाढी-पहिरोका कारण प्रमुख ७ राजमार्ग पूर्णरूपमा अबरुद्ध (सूचीसहित)

Author

सजिलो पत्रिका

२०८२ असोज १३, सोमबार

24
Share
Featured
  • देशका सात ठाउँमा सडक अवरुद्ध भएका छन्, विशेष गरी संखुवासभा, रसुवा र सिन्धुपाल्चोकमा यातायात पूर्ण रूपमा प्रभावित।
  • रसुवामा बाढीले पुल भत्काउँदा र तातोपानीमा पहिरोले सडक बन्द; सिन्धुपाल्चोकमा अरनिको राजमार्गमा दुई स्थानमा पहिरोका कारण अवरुद्ध।
  • कोशी राजमार्गका भोटखोला–४ बरुण र मकालु–३ एकुवामा सडक अवरुद्ध भएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

देशका विभिन्न सात ठाउँमा सडक अवरुद्ध भएका छन् । नेपाल प्रहरीले सोमबार बिहान ८ बजेसम्मको अद्यावधिक विवरण सार्वजनिक गर्दै सङ्खुवासभा, रसुवा र सिन्धुपाल्चोक जिल्लामा यातायात पूर्ण रूपमा प्रभावित भएको जनाएको हो ।

रसुवामा गोसाईंकुण्ड गाउँपालिका–२ मा बाढीले नेपाल–चीन नाका जोड्ने पुल अवरुद्ध गरेको छ भने तातोपानी क्षेत्रमा खसेको पहिरोका कारण पासाङ ल्हामु सडकखण्ड बन्द भएको छ ।


संखुवासभाको कोशी राजमार्गमा भोटखोला गाउँपालिका–४ बरुण र मकालु गाउँपालिका–३ एकुवामा सडक अवरुद्ध भएको छ । त्यस्तै, सिन्धुपाल्चोकमा अरनिको राजमार्गका सुनकोशी गाउँपालिका–७ को ‘एक किलो’ र भोटेकोशी गाउँपालिका–२ को ‘बाह्र किलो’मा खसेको पहिरोका कारण सडक अवरुद्ध भएको छ ।

यो समाचारमा

रसुवानेपाल प्रहरीकाठमाडौँभोटखोला गाउँपालिका
सिन्धुपाल्चोक8 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    Data is loading...

    Loading brands...

    Loading footer...