
काठमाडौँदलित अभियानका संयोजक खगेन्द्र सुनारले मेनस्ट्रीम मिडिया र केही पत्रकारहरूले आफ्नो चरित्र हत्या गरेको आरोप लगाएका छन्। उनले शुक्रबार पत्रकार सम्मेलनमा बताए अनुसार, मन्त्री बन्ने सूचीमा उनको नाम आएको खबरपछि मिडियाहरूले गलत र भ्रामक समाचार प्रकाशित गरेर आफूलाई बदनाम गरेको दाबी गरेका छन्। सुनारले यसलाई व्यक्तिगत हमला नभई मानसिक र...