एमाले बागमती प्रदेश संसदीय दलको प्रमुख सचेतकमा एकालाल श्रेष्ठ नियुक्त

Author

सजिलो पत्रिका

२०८२ साउन २३, शुक्रबार

19
Share
Featured
  • नेकपा (एमाले) बागमती प्रदेश संसदीय दलको प्रमुख सचेतकमा प्रदेशसभा सदस्य एकालाल श्रेष्ठ नियुक्त भएका छन्।
  • साउन २० गतेको निर्णयअनुसार नेता जगन्नाथ थपलियाले श्रेष्ठलाई हेटौंडामा औपचारिक रूपमा नियुक्ति पत्र हस्तान्तरण गरे।
  • मकवानपुरबाट निर्वाचित श्रेष्ठ पूर्व खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री हुन्, र एमालेले उनको नियुक्तिसँगै प्रदेशसभामा प्रभाव बढ्ने अपेक्षा गरेको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ । 

नेकपा (एमाले) बागमती प्रदेश संसदीय दलको प्रमुख सचेतकमा प्रदेशसभा सदस्य एकालाल श्रेष्ठ नियुक्त भएका छन्। संसदीय दलका नेता जगन्नाथ थपलियाले उनलाई बिहीबार औपचारिक रूपमा नियुक्ति पत्र हस्तान्तरण गरे।

संसदीय दलका नेता थपलियाले साउन २० गतेको निर्णयअनुसार श्रेष्ठलाई प्रमुख सचेतकमा नियुक्त गरेका हुन्। दलको विधान, २०७७ को दफा १३ बमोजिम गरिएको नियुक्तिपत्र बिहीबार हेटौंडास्थित संसदीय दलको कार्यालयमा आयोजित एक कार्यक्रममा हस्तान्तरण गरिएको थियो।

मकवानपुर क्षेत्र नं. १ (ख) बाट निर्वाचित प्रदेशसभा सदस्य श्रेष्ठ यसअघि बागमती प्रदेश सरकारको खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रीको जिम्मेवारी सम्हालेका छन्। उनी पार्टी संगठनमा लामो समयदेखि सक्रिय अनुभवी नेता मानिन्छ।

श्रेष्ठको नियुक्तिसँगै एमालेले प्रदेशसभामा आफ्नो भूमिकालाई थप प्रभावकारी र सशक्त बनाउने अपेक्षा गरेको छ।

यो समाचारमा

हेटौंडाकाठमाडौँबागमती प्रदेशमकवानपुर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    बागमती सरकारबाट बाहिरिँदै एमाले, ६ मन्त्रीले सोमबार सामूहिक राजीनामा दिने

    काठमाडौं । बागमती प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिँदै नेकपा एमाले सरकारबाट बाहिरिने भएको छ। यस विषयमा औपचारिक निर्णय गर्न र आगामी रणनीति तय गर्न आइतबार काठमाडौँमा एमाले बागमती प्रदेश संसदीय दलको बैठक बसिरहेको छ।एमालेले शनिबार नै मुख्यमन्त्री इन्द्र बहादुर बानियाँलाई सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णयबारे जानकारी गराइसकेको छ।

    Data is loading...

    Loading brands...

    Loading footer...