संसदीय अवरोध कायमै: रास्वपा र राप्रपाले अवरोध जारी राख्ने

Author

सजिलो पत्रिका

२०८२ असार ०१, आइतबार

23
Share
Featured
  • भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र संसदीय छानबिन समिति गठनको माग गर्दै दुबै दलले संसद अवरुद्ध राख्ने घोषणा गरेका छन्।
  • सभामुखको पहलमा सिंहदरबारमा भएको दलहरूको बैठकमा पनि सहमति जुट्न नसकेपछि प्रमुख विपक्षी कांग्रेसले अवरोध जारी राख्ने बताएको छ।
  •  विपक्षले गृहमन्त्रीको संलग्नता भएको दाबी गर्दै निष्पक्ष छानबिनको माग गरिरहँदा, सत्तापक्षले व्यक्तिविशेषको छानबिन गर्न समिति बनाउन नसकिने अडान लिएको छ, जसले संसदको कामकाज ठप्प पारिरहेको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ,असार ०१ ।  

 विपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रतिनिधि सभा बैठकमा अवरोध कायमै राख्ने भएका छन् । 

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन गर्न संसदीय छानबिन समिति गठनको माग गर्दै निरन्तर संसद अवरोध गर्दै आएका रास्वपा र राप्रपाले बैठकमा अवरोध कायम राख्ने भएका हुन् । 

आइतबार बिहान सिंहदरवारमा सभामुख देवराज घिमिरेले बोलाएको प्रमुख दलका सचेतकहरूको बैठकमा पनि सहमति जुट्न सकेन। बैठकपछि कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सरकारले आफ्नो मागलाई गम्भीरतापूर्वक नलिएको र संसदीय छानबिन समिति गठन नभएसम्म सदनको अवरोध जारी रहने बताए।

उनले भने, ‘सहकारीमा लाखौं बचतकर्ताको अर्बौं रकम डुबेको छ। यो प्रकरणमा गृहमन्त्रीकै संलग्नता देखिएकाले निष्पक्ष छानबिनका लागि संसदीय समिति अनिवार्य छ। हाम्रो माग पूरा नभएसम्म हामी पछि हट्दैनौं।’

सरकार र सत्तापक्षीय दलहरू भने व्यक्तिमाथि छानबिन गर्न समिति बनाउन नसकिने बताउँदै आएका छन्। यही विवादका कारण संसदको कामकारबाही प्रभावित हुँदै आएको छ। शुक्रबारको बैठकमा पनि कांग्रेस सांसदहरूले नाराबाजी गरेपछि बैठक अवरुद्ध भएको थियो।

यो समाचारमा

प्रतिनिधि सभाराष्ट्रिय प्रजातन्त्र पार्टीकाठमाडौँसिंहदरवार
देवराज घिमिरे6 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    रास्वपा नेतृत्वको सरकारप्रति पनि जनतामा निराशा बढ्यो- पूर्वअर्थमन्त्री खनाल

    काठमाडौँ।पूर्वअर्थमन्त्री रामेश्वर खनालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको वर्तमान सरकारप्रति पनि जनतामा निराशा बढ्न थालेको भन्दै चिन्ता व्यक्त गरेका छन्। शनिबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै खनालले देशका सबै राजनीतिक दलप्रति जनताको विश्वास घट्दै जानु मुलुकका लागि सुखद नभएको बताएका हुन्।खनालले "पहिलाका शासकहरू खराब थिए, अहिलेका पनि खराबै रहेछन्"

    Data is loading...

    Loading brands...

    Loading footer...