काठमाडौँ,असार ०१ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) आज पनि प्रतिनिधि सभा बैठकमा अवरोध जारी राखेका छन् ।ले प्रतिनिधि सभामा अवरोध जारी राख्दा बैठकको कामकारबाही प्रभावित बनेको छ। भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै उनीहरूले अवरोध र नाराबाजी गरेपछि अन्य सांसदहरूले बोल्न अस्वीकार गरेका छन्।
सभामुख देवराज घिमिरेले आकस्मिक समयमा बोल्नका लागि समय दिए पनि स्वतन्त्र सांसद अमरेश कुमार सिंहले नाराबाजी र होहल्ला भइरहेको अवस्थामा बोल्न नसक्ने भन्दै अस्वीकार गरे।
त्यसपछि सभामुखले राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीलाई बोल्न समय दिए। उनले पनि होहल्लाका बीच सदन चल्न नसक्ने भन्दै यस्तो अवस्थामा संसद चलाउन खोज्नु उचित नभएको भन्दै आपत्ति जनाए।