विधेयक गडबडीको छानबिन प्रतिवेदनबारे छलफल गर्न सभामुखले बोलाए बैठक

Author

सजिलो पत्रिका

२०८२ साउन २७, मङ्गलबार

34
Share
Featured
  • संघीय निजामती सेवा विधेयकको गडबडीसम्बन्धी छानबिन प्रतिवेदन कार्यान्वयनका लागि सभामुख देवराज घिमिरेले दलका प्रमुख सचेतकहरूसँग संयुक्त बैठक आह्वान गरेका छन्।
  • छानबिन समितिले प्रतिवेदनमा ‘कुलिङ पिरियड’ निष्क्रिय बनाउने भाषा घुसाइएको भन्दै राज्य व्यवस्था समिति सभापति रामहरि खतिवडा र सचिव सुरजकुमार दुरालाई जिम्मेवार ठहर गरेको छ।
  • समितिले गम्भीर त्रुटिको निष्कर्ष निकाल्दै दोषीमाथि प्रचलित कानुनअनुसार कारबाही गर्न सुझाव दिएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

संघीय निजामती सेवा विधेयकको प्रतिवेदनमा भएको गडबडीबारे गठित संसदीय छानबिन विशेष समितिको प्रतिवेदन कार्यान्वयनका विषयमा सभामुख देवराज घिमिरेले छलफल थालेका छन्। यसै सम्बन्धमा उनले आज बिहान ११ बजे संसदमा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतकहरूसँग संयुक्त बैठक बोलाएका छन्।

कर्मचारीहरूले अवकाश पाएपछि वा राजीनामा दिएपछि अन्यत्र नियुक्ति लिन दुई वर्षे ‘कुलिङ पिरियड’ बस्नुपर्ने प्रावधानलाई निष्क्रिय पार्ने गरी प्रतिवेदनमा भाषा घुसाइएको भेटिएपछि विवाद चुलिएको थियो। यही प्रकरणको छानबिन गर्न प्रतिनिधिसभाले गत असार २३ गते उच्चस्तरीय विशेष समिति गठन गरेको थियो।

छानबिन समितिले आफ्नो प्रतिवेदनमा गम्भीर त्रुटि भएको निष्कर्ष निकाल्दै यसमा संलग्नलाई प्रचलित कानुनअनुसार कारबाही गर्न सुझाव दिएको छ। प्रतिवेदनले उक्त प्रकरणमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडा र समिति सचिव सुरजकुमार दुरालाई जिम्मेवार ठहर्‍याएको छ। समिति सदस्यहरूका अनुसार, सभापति खतिवडाले यसमा नैतिक जिम्मेवारी लिनुपर्ने निष्कर्ष समितिले निकालेको छ।

समितिको यही प्रतिवेदन कार्यान्वयनका लागि सभामुख घिमिरेले सरोकारवाला पक्षहरूसँग निरन्तर छलफल गरिरहेका छन्। यसअघि पनि उनले दलका नेताहरूसँग परामर्श गरेका थिए।

राज्य व्यवस्था समितिबाट पारित विधेयकमा राखिएको ‘कुलिङ पिरियड’को व्यवस्थालाई खण्डित गर्ने गरी अर्को दफासमेत समावेश भएको भेटिएपछि संसदमा यो विषयले प्राथमिकता पाएको थियो।

छानबिन समितिमा नेपाली कांग्रेसबाट जीवन परियार र सुशीला थिङ, नेकपा एमालेबाट नारायण प्रसाद आचार्यइश्वरी घर्ती, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)बाट माधव सापकोटा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट गणेश पराजुली र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रोशन कार्की सदस्य थिए।

यो समाचारमा

रोशन कार्कीजीवन परियारकाठमाडौँगणेश पराजुली
नारायण प्रसाद आचार्य8 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुनेको पहिचान खुल्यो

    काठमाडौं । काठमाडौंको कीर्तिपुर नगरपालिका–१ ट्याङ्लाफाँटमा मंगलबार बिहान कारभित्रै जलेर मृत्यु हुने व्यक्तिको पहिचान खुलेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार मृतक व्यक्ति कारधनी सुरेशचन्द श्रेष्ठ हुन्।बा ५ च ३०३८ नम्बरको कारमा आगलागी हुँदा श्रेष्ठको कारभित्रै जलेर मृत्यु भएको थियो। प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईले मृतकको पहिचान भएको पुष्टि गर्दै

    Data is loading...

    Loading brands...

    Loading footer...