
काठमाडौँसभामुख डोल प्रसाद अर्यालले बिहीबार प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)सँग भेटवार्ता गरेका छन्। संसद्मा प्रधानमन्त्रीको उपस्थितिको विषयलाई लिएर विपक्षी दलहरूले अवरोध गरेपछि सभामुख अर्याल सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालय पुगेका हुन्। प्रतिनिधिसभाको बैठकमा विपक्षी सांसदहरूले प्रधानमन्त्री प्रश्नोत्तर कार्यक्रममा प्रधानमन्त्री स्वयं उपस्थित हुनुपर्ने माग गर्दै विरोध जनाएका थिए। त्यसपछि संसद् बैठक प्रभावित बनेको थियो।...