सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन

Author

सजिलो पत्रिका

२०८३ वैशाख २३, बुधबार

41
Share
Featured

काठमाडौँ– बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारले निजामती तथा स्वास्थ्य सेवाका कर्मचारीहरूका राष्ट्रियस्तरका ट्रेड युनियनहरू खारेज गरेको छ। ती ट्रेड युनियनहरूलाई राजनीतिक दल निकटको आरोप लगाइएको छ।

 श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गतको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले बुधबारको निर्णयअनुसार ती ट्रेड युनियनहरू खारेज गरिएको जनाएको हो।

विभागका अनुसार ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश–२०७’ का आधारमा पञ्जिकाधिकारीको निर्णयबाट यसअघि दर्ता भई क्रियाशील रहेका निजामती कर्मचारी तथा स्वास्थ्य सेवाका ट्रेड युनियनहरू खारेज गरिएको हो।

खारेज गरिएका युनियनहरूमा नेपाल निजामती कर्मचारी संगठन, नेपाल निजामती कर्मचारी युनियन, नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठन, नेपाल मधेशी निजामती कर्मचारी मंच, नेपाल स्वास्थ्यकर्मी संघ, मधेशी स्वास्थ्यकर्मी फोरम नेपाल, एकीकृत सरकारी कर्मचारी संगठन नेपाल र स्वतन्त्र राष्ट्रसेवक कर्मचारी संगठन नेपाल छन्।

त्यस्तै, नेपाल स्वास्थ्य सेवा ऐनअन्तर्गत दर्ता भएका नेपाल स्वास्थ्यकर्मी युनियन, स्वास्थ्यकर्मी युनियन नेपाल, राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपाल र राष्ट्रिय प्रगतिशील स्वास्थ्यकर्मी संगठन पनि खारेजीमा परेका छन्।

विभागका प्रवक्ता ई. मणिनाथ गोपले जारी गरेको सूचनामा उक्त निर्णयबारे सम्बन्धित सबैलाई जानकारी गराइएको उल्लेख गरिएको छ।

यो समाचारमा

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयकाठमाडौँबालेन्द्र शाह (बालेन)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रदेशमा तीन दल मिलेर सरकार बनाउने प्रस्तावमा गगन थापाको असहमति

    काठमाडौं ।  नेपाली काँग्रेसका सभापति गगन थापाले प्रदेश सरकार गठनका सन्दर्भमा तीन ठूला दलहरू (कांग्रेस, एमाले र माओवादी) मिल्नुपर्ने प्रस्तावप्रति कडा विमति प्रकट गरेका छन्। आइतबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले तीन दल मिलेर सरकार बनाउँदा प्रदेश संसद् प्रतिपक्षविहीन हुने र यसले लोकतान्त्रिक मूल्य तथा जनमतको अपमान हुने बताए।थापाले

    Data is loading...

    Loading brands...

    Loading footer...