महामन्त्री भूपदेव शाहको संयोजकत्वमा रास्वपाको समायोजन समिति गठन ।

Author

सजिलो पत्रिका

२०८३ वैशाख ३०, बुधबार

24
Share
Featured

काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले महामन्त्री भुप देव शाहको संयोजकत्वमा एकता समायोजन समिति गठन गरेको छ।

बुधबार बिहान बसेको केन्द्रीय समिति बैठकले शाहको नेतृत्वमा समिति गठन गर्ने निर्णय गरेको हो। समितिमा विष्णु पुरुष श्रेष्ठ, रामकृष्ण भट्टराईलगायत सदस्य रहनेछन्।

सहमहामन्त्री विपिन कुमार आचार्यका अनुसार समितिलाई एकता तथा समायोजन सम्बन्धी मस्यौदा तयार गरी आगामी जेठ १० गतेसम्म पेस गर्न समयसीमा तोकिएको छ।

बैठकले समायोजन प्रक्रियालाई व्यवस्थित बनाउने उद्देश्यले यो समिति गठन गरिएको जनाएको छ। रास्वपाले फागुनमा भएको निर्वाचनअघि विवेकशील साझा, थरुहट/थारुवान, बालेन्द्र शाह (बालेन) समूह तथा विभिन्न जेनजी समूहसँग एकता गरेको थियो।

यो समाचारमा

राष्ट्रिय स्वतन्त्र पार्टीकाठमाडौँबालेन्द्र शाह (बालेन)विपिन कुमार आचार्य
भुप देव शाह4 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भारतमा प्रश्नपत्र चुहावटविरुद्ध 'कक्रोच' आन्दोलन चर्कियो, संसद् भवन घेर्ने प्रयास

    काठमाडौं । भारतमा प्रश्नपत्र चुहावट र शिक्षा प्रणालीमा सुधारको माग गर्दै युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले उग्र रूप लिएको छ। सोमबार हजारौँ प्रदर्शनकारीहरू राजधानी नयाँदिल्लीको जन्तरमन्तरमा भेला भई संसद् भवनतर्फ मार्च गर्ने प्रयास गरेका छन्। संसद्को मनसुन अधिवेशन जारी रहेकाले प्रहरीले सुरक्षाको कारण देखाउँदै मार्चको अनुमति नदिएपछि दिल्लीको सुरक्षा व्यवस्था अत्यन्त

    Data is loading...

    Loading brands...

    Loading footer...